कोहलपुर : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित एनटिभी रोडमा नेपाल स्टोरको शाखा सञ्चालनमा आएको छ । विगत २० वर्षदेखि नेपालगन्जमा सेवा दिदैँ आएको नेपाल स्टोरले कोहलपुरमा शाखा सञ्चालनमा ल्याएको हो । ग्राहकको माग र चाहाना बमोजिम पहिलो शाखा कोहलपुर एनटिभी रोड नजिकै मेरो नेपाल स्टोर सञ्चालनमा ल्याइएको हो ।
शनिबारबाट विधिगत रुपमा मेरो नेपाल स्टोर सञ्चालनमा ल्याइएको सञ्चालक जाकिर हुसेनले बताए । उनका अनुसार ब्राण्डेट घरयासी भाडाँकुडा सस्तो मूल्यमा पाइने उनले जानकारी दिए । विगत लामो समयदेखि नेपालगन्जका ग्राहकहरुको मन जित्दै कोहलपुरका ग्राकहरुको लागि शाखा सञ्चालनमा ल्याएको बताए ।
तामा,पितल,स्टील लगायतका घरयासी ब्राण्डेट समानहरु उपलब्ध रहेको उनको भनाइ छ । आगामी दिनहरुमा पनि अन्य जिल्लामा पनि शाखा विस्तार गर्ने उनले बताए । एक पटक मेरो नेपाल स्टोरमा आएर घरायासी सामान किन्न आग्रह गरे । ग्राहकको चाहाना र इच्छा अनुसार सस्तो मुल्यमा ब्राण्डेट भाडाहरु पाइने उनले दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्