कोहलपुर ।
मदनचोकमा शृङ्गारिक महाआरती धर्म जागरण महा–महोत्सव २०८० सुरू भएको छ । आइतबार कलाश यात्रा गरेर शंकर मन्दिरको संरक्षण र संवद्र्धनका लागि महा–आरती सुरु गरिएको आयोजकले जनाएको छ ।
शंकर मन्दिरको संरक्षणका साथै पर्यटन प्रवद्र्धन र विकासका लागि महाआरती धर्म जागरण महा–महोत्सव सञ्चालन गरिएको मूल समारोह समितिका अध्यक्ष तथा वडाध्यक्ष माधव रिजालले जानकारी दिए । पर्यटनका हिसाबले पनि शंखर मन्दिर निकै महत्वपूर्ण स्थल भएकाले यसको विकास गर्न महाआतरती सञ्चालन गरिएको उनले बताए ।
शंकर मन्दिरमा सबैभन्दा ठूलो हनुमानको मूर्तिलगायतका मूर्तिहरू रहेकाले पनि यसलाई पर्यटनसँग जोड्न सकिने उनको भनाइ छ । खराब मौसमका बाबजुद कलश यात्रामा भक्तजनहरूको उत्साहपूर्ण सहभागिता जनाएकोमा उनले खुसी व्यक्त गरे ।महाआरती सफल बनाउन सबैको साथ सहयोग रहेको शंकर मन्दिर समितिका अध्यक्ष द्रोण जैसीले बताए ।
भक्तजनहरूले मन्दिरको विकासका लागि पहिला पनि साथ दिएको र यसपटक पनि उत्साहपूर्ण सहभागिता भइरहेको उनले जानकारी दिए ।
मन्दिर मात्र नभई समग्र ३ नम्बर वडाको विकास र पर्यटन प्रवद्र्धन गर्न सबै एकजुट भएर लाग्नुुपर्ने उनको भनाइ छ । २८ गतेसम्म सञ्चालन हुने शृङ्गारिक महाआरती धर्म जागरण महा–महोत्सवलाई सफल पार्न प्रत्येक दिन सहभागिता जनाउन पनि उनले आग्रह गरे ।
शृङ्गारिक महाआरतीमा ऋषिराधक उपाध्यायले महाआरती वाचन तथा ब्रामण कलाकारहरूले बाजा बजाएर भजनकिर्तनसहित महाआरती गरेका थिए । सो महाआरतीमा विद्यालयका विद्यार्थीहरूले गणेश नाच, भजन, भक्तालुहरूले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधिलगायत भक्तालुहरूको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्