9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

भिम रावलले भने, ‘केपी ओलीले कुर्सीका लागि राष्ट्रिय अस्मितामा सम्झौता गर्नुभयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १०, २०७८  

काठमाडाौं ।

नेकपा एमाले खनाल–नेपाल समूहका नेता डा। भिम रावलले प्रधानमन्त्री केपी ओलीले कुर्सीकै लागि राष्ट्रिय अस्मितासँग सम्झौता गरेको आरोप लगाएका छन् ।

सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा नेता रावलले ओलीले महन्थ–राजेन्द्रसँग सम्झौता गरेर राष्ट्रको अस्मिता र स्वतन्त्रतामाथि धावा बोल्ने काम गरेको बताए ।

“प्रधानमन्त्री ओलीले निर्लज्ज भएर राष्ट्रको अस्मिता स्वतन्त्रतासँग जोडिएको विषयलाई आफ्नो कुर्सीसँग सम्झौता गर्नुभयो र महन्थ राजेन्द्रसँग आत्मसमर्पण गरेर नागरिकता अध्यादेश जारी गर्नुभयो,” रावलले भने, “कुर्सीकै लागि राष्ट्रिय अस्मितासँग सम्झौता गर्ने उहाँलाई सम्पूर्ण नेपाली जनताले स्पष्टीकरण लिनुपर्ने अवस्था छ ।”

राववले त्यस्तो व्यक्तिले सोधेको स्पष्टीकरणको जवाफ पनि नदिने बताए ।

“हामीले पार्टी एकताका लागि निरन्तर प्रयत्न गर्‍यौँ । उहाँले हामीलाई शरण पर्नुपर्छ भनिरहनुभयो,” रावलले भने, “सडकबाट टिपेर केन्द्रीय सदस्य बनाउनुभयो । नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र एमाले निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिहरुलाई पार्टीबाट निकाल्ने काम गर्नुभयो ।”

उनले आफूहरूले दुईवटा प्रस्ताव राख्दा सहमत भए भन्दै पुन पार्टी फुटाउने रणनीतिमा क्रियाशील भएको बताए ।

“हामीले दुईवटा कुरा गर्नुस् कार्यादल चाहिदैन भनेका थियौ । सर्बोच्चको आदेश अनुसार २०७५ जेठ २ बाट सुरु गरौ, दोस्रो फागुन २८ का मनपरी निर्णय खारेज गरौ – कार्यदल चाहिदैन भनेका हौ । उहाँले सैद्धान्तिक रुपमा म सहमत भए भन्नभयो,” रावलले भने, “तर एउटा वैधानिक सहमति र प्रस्तावबाटै काम गरौ भनेर कार्यदल बनाउनुभएको थियो । अब त्यसको औचित्य देखिदैन ।”

प्रकाशित मितिः सोमवार, जेष्ठ १०, २०७८     2:15:24 PM  |