29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

एमाले हामीले बनाएका हौँ, बाँदरे जुलुसले केही फरक पर्दैन : माधवकुमार नेपाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन ७, २०७८  

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी आफूहरुले बनाएको बताउँदै अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् ।

‘अहिले देखिएका बाँदर र स्याल हुइँया जुलुसले केही फरक पर्दैन । कम्युनिष्ट पार्टीभित्र संस्कार बसाल्ने, अरुको मानसम्मान गर्नेलेमात्र प्रतिफल पाउँछन्,’ उनले भने ।
नेपालले पुष्पलालपथमा अंगिकार गर्नेले कहिल्यै निरंकुशता नसहने पनि बताए । उनले एमालेभित्र निरंकुश लाद्न खोजिएको भन्दै आपत्ति जनाए ।

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

नेपालले कम्युनिष्ट बिग्रियो भने अरुभन्दा गन्हाउने पनि बताए । ‘एमाले हामीले बनाएका हौँ । आफैँले बनाएको घरमा अरुको अपमान सहेर बसिँदैन, कुकर्म सहेर बसिँदैन ।’ सच्चा कम्युनिष्ट कसैको दास नहुने उनको भनाइ छ ।

प्रकाशित मितिः बिहिबार, साउन ७, २०७८     2:25:49 PM  |