सुर्खेत : नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले शिक्षक आन्दोलन र शिक्षा विधेयकप्रति निकम्मापना देखाएको दाबी गरे । शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
वर्तमान सरकारले शिक्षक आन्दोलनललाई सकरात्मक रुपमा लिएर उनीहरुको माग सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । सरकारले शिक्षा विधेयकमार्फत शिक्षकहरुको उचित माग सम्बोधन गर्नेगरी आन्दोलत स्थगित गराउनुपर्ने महासचिव गुरुङले बताए । सरकारको बेथितिले जनतामा नैराश्यता पैदा गराएको दावी गर्दै सरकार जनताको अभिभावक बन्न नसकेको उनको तर्क छ । साथै सरकारकाले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको उनको आरोप छ ।
‘नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङ जस्ता काम गर्न सक्ने सक्षम कर्मचारीलाई कारबाही गर्ने यो सरकारले द्वन्द्व निम्त्याउने काम गरिरहेको छ’ उनले भने, ‘तर ओली नेतृत्वको सरकार परिवर्तनको कुनै सम्भावना छैन । बाहिरी हल्ला फैलिएपनि अहिलेको स्थिति हेर्दा सरकार परिवर्तनको कुनै सम्भावना छैन ।’
देशमा जारी शिक्षक, कर्मचारी, डाक्टरलगायतको माग सम्बोधनका लागि राष्ट्रिय सहमति भयो भने मात्रै सरकार परिवर्तन हुनसक्ने उनको भनाइ छ । तर छिनछिनमा सरकार परिवर्तन गरेर मुलुकलाई अस्थिरता तर्फ धकेल्नु भन्दा वर्तमान सरकारलाई नै निरन्तरता दिनुपर्नेमा उनको जोड छ ।
उनले थपे, ‘सामाजिक सञ्जालहरुमा हल्ला र अनुमान गरेजस्तै देशमा मध्यावधि निर्वाचनको समेत कुनै सम्भावना छैन । केही अराजक, अस्तिरतावादीसँगै भ्रष्ट माफिया सहकारी ठगहरुको स्वार्थले देशमा अराजकता फैलिरहेको छ । यसमा सबै असन्तुष्ट पक्ष र राजनीतिक दलहरुसँग सरकारले वार्ताका माध्यमबाट समस्याको निराकरण निकाल्नु पर्छ ।’
माओवादी केन्द्र भित्र सरकार परिवर्तनको विषयमा समेत अहिले कुनै छलफल नभएको उनले स्पष्ट पारे । गुरुङले देशमा राजा फर्किने भन्ने कुरा अस्वाभाविक र असान्दर्भिक मात्र होइन, अव्यहारिक समेत भईसकेको दावी गरे । काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन सामन्ती प्रवृत्तिको उपज भएको भन्दै उनले यस्ता आचारणलाई हटाएर जनतालाई गणतन्त्रको महत्व बुझाउन आवश्यकता रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्