कोहलपुर (बाँके) : इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक ‐डीएसपी) धर्मराज भण्डारीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले गरेको १२१ जना प्रहरी नायब उपरीक्षक ‐डीएसपी) को सरुवामा भण्डारीपनि परेका हुन् । उनी मानव वेचविखन अनुसन्धान ब्युरोमा सरुवा भएको कार्यालयले जनाएको छ ।
अब कोहलपुरमा नयाँ डियसपीका रुपमा लक्ष्मी खनाल आउने भएकी छन् । उनी यसअघि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय प्रहरी समाचार कक्ष नक्सालमा कार्यरत थिइन् । खनालले डीएसपीको कमाण्ड सम्हालेसँगै कोहलपुरले पहिलोपटक महिला डिएसपी पाउनेछ ।
ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका इन्चार्ज डीएसपी धर्मराज भण्डारीको मानव वेचविखन अनुसन्धान ब्युरोमा सरुवासँगै उनको ठाउँमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षमा कार्यरत प्रहरी नायव उपरीक्षक लक्ष्मी खनाल आउने भएकी छिन् । त्यसअघि उनले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डीएसपीको रुपमा कमाण्ड सम्हालेकी थिइन् । प्रहरी महानिरीक्षक दिपक थापाको निर्णयानुसार यही वैशाखको तलबभत्ता खानेगरी सम्बन्धित कार्यालयमा सरुवा हुन निर्देशन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्