सेवा निवृत्त निजामती चौतारीमा खत्रीको नेतृत्व



कोहलपुर ।

सेवा निवृत्त निजामती चौतारीको प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार ‘सेवा निवृत्त निजामती कर्मचारीहरू एकजुट हौँ’ भन्ने मूल नाराका साथ भएको प्रथम सम्मेलनबाट अम्मरराज खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

खत्रीको अध्यक्षमा चयन गरिएको समितिमा उपाध्यक्षमा डिल्लीराज पोख्रेल, कोषाध्यक्षमा गिता शाही, सचिवमा इन्द्रमणि ढकाल र सहसचिवमा कृष्णमान राज भण्डारी सर्वसम्मत चयन भएका छन् । यस्तै, सदस्यहरूमा गणेशबहादुर थापा, विष्णुप्रसाद चुडाली, सूर्य लम्साल, धनप्रसाद धिताल र धनबहादुर नेपाली रमुनाचन्द घले चयन भएका हुन् ।

सो अवसरमा बोल्दै अध्यक्ष खत्रीले रिटायर लाइफ नातीनातिनीहरू खेलाएर होइन आफ्नो अनुभव अनुसारको काम गर्नुपर्ने बताए । उमेर होइन् हामीसँग आफ्नो क्षेत्रमा भएको अनुभव छ भनेर लाग्नुपर्नेमा जोड दिए । ‘हामी अझै रिटायर भइसकेका छैनाँै । उमेर होइन् हामीसँग अनुभव छ भनेर स्थापित गर्न बाँकेबाट सुरु गर्न लागेका हौँ ।’ अध्यक्ष खत्रीले भने । बाँकेका ८ वटा स्थानीय तहमा विस्तार गरेर अघि बढ्ने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ३१ गते आइतबार