पत्रकार महासंघ सुदूरपश्चिमद्वारा घोषणापत्र सार्वजनिक



धनगढी ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले एक घोषणापत्र सार्वजनिक गर्दै सुदूरपश्चिमका पत्रकारहरूका समस्या, चुनौती र समाधानका उपायहरू प्रस्तुत गरेको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत बहादुर शाहको अध्यक्षतामा सम्पन्न बैठक तथा सातवटै जिल्लाका अध्यक्ष-प्रतिनिधिहरूको संयुक्त भेलाले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सुनिश्चित गर्न विभिन्न ७ बुँदे घोषणापत्र शनिबार जारी गरेको हो ।

घोषणापत्रमा पत्रकार सुरेश रजकको हत्या घटनाको छानबिन गरी दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ । त्यसैगरी महासंघले सुदूरपश्चिमका आठ जिल्लामा निर्माण भएका भवनको व्यवस्थापन गरि सञ्चालन र भवन निर्माण नभएका तथा निर्माण सुरु भएर अवरुद्द भएका जिल्लाका शाखाको भवन निर्माणका लागी बजेट विनियोजन गर्न प्रदेश सरकार र स्थानीय तहसंग आग्रह गरेको छ ।

घोषणापत्रमा पत्रकारिता क्षेत्रको समग्र सुधार र सुदूरपश्चिमका सञ्चारकर्मीको हकहित सुनिश्चित गर्न तत्काल कदम चाल्न सरकारलाई आग्रह गरिएको छ ।

यस्तै, प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चारमाध्यमलाई वितरण गर्दै आएको लोककल्याणकारी विज्ञापनको रकम कम भएकाले वृद्धि गर्नुपर्ने र प्रदेश सरकारले आयोजना गर्ने विभिन्न सार्वजनिक महत्वका कार्यक्रममा महासंघको प्रतिनिधित्व हुने व्यवस्थाका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइने उल्लखे छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ३१ गते आइतबार