गोदावरीबाट नदीजन्य पदार्थ उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा



धनगढी ।

कैलालीको गोदावरीबाट नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन गरिरहेका सवारीसाधन कैलाली जिल्ला प्रशासनको टोलीले नियन्त्रणमा लिएको छ । आइतबार छड्के अनुगमन गर्दै कैलाली प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको टोलीले टिप्पर र स्काभेटर नियन्त्रणमा लिएको हो ।

गोदावरी नगरपालिका वडा नम्बर ४ खैरालामा अवैध उत्खनन गरिरहेका दुई टिप्पर र एक स्काभेटर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जथाभावी नदीजन्य पदार्थ उत्खनन गरिरहेको पाइएपछि सवारीसाधन नियन्त्रणमा लिएको जानकारी दिए । उनले भने, ‘विभिन्न चार व्यवसायीले ठेक्का लिएका रहेछन् । अहिले सवारीसाधन यहि राखेको छु । सोमबार गोदावरी नगरपालिकाको जिम्मा लगाइने छ ।’

कैलाली प्रमुख जिल्ला अधिकारी हमालले छड्के अनुगमनका क्रममा वातावरणीय प्रभाव मूल्यांकन नभएको क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन भएको पाइएकोले नियन्त्रणमा लिएको बताए । ‘जथाभावी नदीजन्य पदार्थ उत्खनन गराइरहेका ती सवारीसाधनबाट जरिवाना गरिनेछ ।’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २५ गते सोमबार