लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक



नेपालगन्ज ।

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको टि–सर्ट सार्वजनिक गरिएको छ । वैशाख ५ देखि १५ गतेसम्म नेपालगन्ज रंगशालामा सञ्चालन हुने प्रतियोगिताको टि–सर्ट नेपालगन्जमा एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले सार्वजनिक गरेका हुन् ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, एन्फा बाँके अध्यक्ष भोजराज शाही लगायतको सहभागिता रहेको कार्यक्रमकाबीच टि–सर्ट सार्वजनिक गर्दै मन्त्री अग्रवालले प्रतियोगिताले प्रदेशकै पहिचानलाई विस्तार गर्ने विश्वास व्यक्त गरेका थिए ।

मन्त्री अग्रवालले खेलकुद लगायतका क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकार तयार रहेको बताउँदै आवश्यक समन्वय र सहकार्य गर्न आयोजकलाई आग्रह पनि गरे । उनले नेपालगन्ज रंगशालाको संरक्षण, सम्बद्र्धन र स्तरोन्नतिका लागि पनि प्रदेश सरकारको तर्फबाट पहल गर्ने बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी कपको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले लुम्बिनी कपलाई विविध प्राविधिक कठिनाई र रंगशालामा भएका विविध कमजोरीहरूका बीच भव्य र सभ्य बनाउन तयारी भइरहेको जानकारी दिए । यसअघि फागुन १९ मा आयोजना मिति तोकिएको प्रतियोगिता सारेर वैशाखमा पु¥याइएको थियो ।

प्रतियोगिता आयोजनामा सहकार्य गरिरहेको एन्फा बाँकेका अध्यक्ष भोजराज शाहीले अहिले घरेलु टोलीको प्रशिक्षण सफलतापूर्वक चलिरहेको र सहभागी टिमहरूको टुंगो लाग्ने अन्तिम चरणमा रहेको जानकारी दिए । प्रतियोगितामा नेपालका ६ र छिमेकी राष्ट्र भारतका २ टिम गरी ८ टिमको सहभागिता रहने आयोजकको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २४ गते आइतबार