खगेन्द्र दाहाल । खजुरा ।
१०औँ डाँफे कप नकआउट फुटबल खेल प्रतियोगिताको उपाधि उचालेको आयोजक न्यू डाँफे स्पोट्र्स क्लबले आफ्ना दुर्घटनाबाट घाइते भएका खेलाडीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
शुक्रबार खेलाडी आकाश खत्रीलाई क्लबका पदाधिकारी, पूर्वध्यक्ष, सल्लाहकार, खेल संयोजकसहित खेलाडीहरूले घरमै पुगेर शुक्रबार स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै आर्थिक सहयोग गरिएको हो ।
क्लब र अन्य क्षेत्रबाट संकलन गरिएको ४३ हजार १०० रूपैयाँ क्लबका अध्यक्ष हरी प्रकाश विक, खेल संयोजक तिलकवीर सुनार लगायतले हस्तान्तरण गरेका थिए । आफ्ना खेलाडी आकाशलाई सहयोग गर्नुपर्छ भन्ने भावना जागेर क्लबका सचिव बलराम खत्रीको अगुवाईँमा संकलित रकम हस्तान्तरण गरिएको थियो ।
उपचारको लागि क्लबले अभियान सञ्चालन गर्नपरेको खण्डमा सबैले साथ दिने न्यू डाँफे स्पोर्टस् क्लबका अध्यक्ष विकले बताए । भारतको गुजरातमा रोजगारीको सिलसिलामा जाँदा बस दुर्घटनामा परी मेरुदण्डमा खेलाडी आकाशलाई चोट लागेको थियो । अहिले उनको कम्मरदेखि तलको भाग राम्रोसँग चल्दैन् ।
घाइते खेलाडी खत्रीले घरसम्मै क्लबका पदाधिकारी, पूर्व राष्ट्रिय खेलाडी, सल्लाहकार आएर आफ्नो हौसला थप बढाएको महसुस गरेको बताए । उनले आफू छिटो निको भएर फुटबल खेल्न चाहेको ईच्छा समेत व्यक्त गरे । खत्रीले डिभिजन लिगका खेलहरू समेत खेलिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्