धनगढी ।
कैलालीको धनगढीबाट टिकापुर चल्ने यात्रुबाहक साना सवारीसाधन (हायस् गाडी) व्यवसायीहरूले आफ्ना समस्याहरूको बारेमा ध्यानाकर्षण गराएका छन् । व्यवसायीहरूले शनिबार धनगढीबाट टिकापुर चल्ने गाडी सेवा एक दिनका लागि बन्द गरेका थिए ।
अत्तरिया क्षेत्र, हाइवे क्षेत्रका स्याउले बस काउन्टर, मसुरिया, सुख्खड हुँदै लम्कीको बसपार्कमा पुगेर व्यवसायीहरूले आफूलाई परेको समस्याको बारेमा जानकारी गराएका थिए । गोदावरी यातायात प्रालि, पश्चिम स्टार यातायात प्रालि, सुन्दर कर्णाली, सुन्दर सुदूरपश्चिम, सुनौलो सुदूरपश्चिम, मालिका, खप्तड मालिका, खप्तड, धनगढी यातायात, कैलाली यातायात प्रालीहरूका व्यवसायीहरूले संयुक्त रूपमा ध्यानाकर्षण गराएका हुन् ।
संयुक्त रूपमा यातायात प्रालिहरूले समिति गठन गरेको र ठाउँ ठाउँमा गाडीबाट सय र पचास लिने गरेको यातायात व्यवसायी महेशराज भट्टले बताए । उनले भने, ‘कस्ले संयुक्त यातायात समिति राख्यो हामीलाई खबरसमेत गरेका छैनन्, प्रालिहरू मिलेर लुट धन्दा चलाएको छ ।’
धनगढीबाट नेपालगन्जसम्म छुटेका गाडीहरू नेपालगन्जनै जानुपर्ने हो तर चिसापानीबाट फकर्ने गर्दा धनगढीबाट टिकापुर चल्ने गाडी व्यवसायीहरू मारमा परेको यातायात व्यवसायी दिपेश पौड्यालले बताए । उनले भने, ‘यात्रुलाई समेत सास्ती भएको छ, नेपालगन्ज जाने यात्रुले चिसापानीमा गाडी बदल्नुपर्ने बाध्यता रहेको र यात्रुहरू प्रत्यक्ष रूपमा मारमा परेका छन ।’ उनले आफ्ना मागहरू यातायात समितिका पदाधिकारीहरूले छिटोभन्दा छिटो सामाधान गरिदिनका लागि अनुरोधसमेत गरे ।
शनिबार धनगढीबाट करिब बीसवटा हाय्स गाडीहरू लिएर अत्तरिया हुँदै लम्की पुगेका यातायात व्यवसायीहरूले लम्की बसपार्कस्थित सुदूरपश्चिम यातायात प्रालिको शाखा लम्की चिसापानका इन्चार्ज कमल श्रेष्ठसँग छलफल गर्नुका साथै आफ्ना मागहरूको बारेमा सम्बोधन र समाधन गर्न अनुरोध गरे । लम्की इन्चार्ज श्रेष्ठले आफूबाट सुधार्ने कुराहरू हामीले व्यवस्थित गर्नेतर्फ लाग्ने बताएका छन् ।
उनले सम्बन्धित ठाउँवाट छुट्ने गाडीहरू उतैबाट डाइल हुनेहुँदा त्यो विषय माथिल्लो लेवलमा पु¥याउने र कैलालीमा संयुक्त यातायात समिति शुक्रबार मात्रै गठन भएको हुँदा आएको निर्देशन बमोजिम चल्ने बताए । यातायात क्षेत्रमा थुपै्र समस्याहरू छन्, जसको मार प्रत्यक्ष रूपमा यात्रुहरूले भाग्नुपरेको छ ।









प्रतिक्रिया दिनुहोस्