रवीन्द्र घिमिरे । जानकी (बाँके) ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभार स्वास्थ्य चौकीमा वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोट्रेक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेज बाँके र जानकी गाउँपालिका वडा नम्बर २ बेलभारको आयोजनामा शनिबार १ दिने शिविर सम्पन्न भएको हो ।
शिविरमा बालरोग, स्त्रीरोग, छातीरोग र सामान्य चिकित्सासम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो । शिविरमा सम्पूर्ण परामर्श तथा सचेतना सेवा र औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । गरिब र विपन्न वर्गका जनताहरूले गाउँमै निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा पाउन भनेर उनीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।
चार सयभन्दा बढी सेवाग्राहीले सेवा लिएको बेलभार स्वास्थ्य चौकीकी सिनियर अहेब उसा वाग्लेले जानकरी दिइन् । घरको नजिकै निःशुल्क औषधी उपचार लिन पाउँदा आफूहरू खुसी भएको स्थानीय सेवाग्राहीहरूले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्