बुटवल ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशको दोस्रो मिडिया सम्मेलन बुटवलमा सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको उक्त सम्मेलन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको हो ।
सम्मेलनले नवराज कुवंरको नेतृत्वमा नयाँ कार्यसमिति चुनेको छ । सम्मेलनले कुवंरको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति सर्वसम्मत चुनेको हो । उपाध्यक्षमा विष्णु भसाल, महासचिवमा माधव नेपाल, सचिवमा विनोद पौडेल, दीपक घिमिरे र आशिष गुप्ता तथा कोषाध्यक्षमा गौतमलाल भुसाल निर्वाचित भएका छन् ।
सदस्यहरुमा क्रमशः विष्णु गैरे, जगदिश भट्टराई, उषाकिरण पन्थ, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने, राधा बस्नेत रिया, र सिद्दान्त पाण्डेय निर्वाचित भएका छन् । त्यस्तै संघको सल्लाहकारमा डा. वालकृष्ण चापागाई, देवी वाग्ले र शुक्रऋषि चौलागाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष नवराज कुंवरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्