टीकापुर साहित्य महोत्सव सुरु



धनगढी ।

टीकापुर साहित्य महोत्सव सुरु भएको छ ।

शनिबारदेखि सुरु भएको महोत्सवको दोस्रोे संस्करणको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले उद्घाटन गरेका थिए । महोत्सवका संयोजक तथा अध्यक्ष मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहले अहिले देशभर साहित्य महोत्सव भइरहेको र यसले देशभरी साहित्यको ग्ल्यामर बढाएको धारणा बताए ।

द्वन्द्वको विषम परिस्थिति भोगेको सहर भएकोले पनि टीकापुरमा साहित्य महोत्सवलाई निरन्तरता दिएको उनले बताए । साहित्य मार्फत सामाजिक सद्भाव नारा बोकेको महोत्सव उद्घाटनकै क्रममा चित्रमय टीकापुर महोत्सव २०७९ स्मारिकासमेत सार्वजनिक गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २५ गते आइतबार