कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका–५ मा रहेको वेस्टर्न सेकेन्डरी स्कुलका प्री–प्राइमरी बालबालिकाहरूले शैक्षिक प्रर्दशनी गरेका छन् ।
प्रत्येक वर्ष विद्यालयमा अध्ययनरत प्री–प्राइमरी बालबालिकाहरूले शैक्षिक प्रदर्शनी गर्ने गरेको विद्यालयका प्रिन्सिपल उमेश कुमार श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरूले कक्षामा पढका कुराहरू प्रयोगात्मक रूपमा आफ्ना अभिभावकहरू समक्ष प्रदर्शन गरेको उनले बताए । एक्टिभिटी सिकाइलाई विद्यालयले जोड दिएको बताउँदै उनले यसले बालबालिकाको चौतर्फी विकास गर्नेमा विश्वास लिएको दाबी गरे ।
बालबालिकाहरूले आफूले विद्यालयमा सिकेका कुराहरू कलात्मक अर्थात् प्रयोगात्मक रूपमा अभिभावकहरूलाई शैक्षिक प्रदर्शनी गरेर जानकारी दिए । विद्यालयले पाठ्यपुस्तक मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको प्रिन्सिपल श्रेष्ठले बताए । बालबालिकाले विद्यालयमा के पढ्यो ? कस्तो सिकाइ क्रियाकलाप छ ? लगायतका विषयमा प्री–प्राइमरी बालबालिकाले शैक्षिक प्रर्दशनीहरू हेर प्रसट भएको अभिभावकहरूले बताउँछन् ।
बालबालिकाहरूले सिकेका सिकाइका अनुभवहरू समेत विद्यालयले आफ्ना अभिभावकहरू समक्ष प्रत्येक वर्ष प्रदर्शनीका माध्यमवाट अभिभावकहरूलाई सूचित गर्ने कार्यलाई निरन्तरता दिने गरेको प्री–प्राइमरी कोर्डिनेटर गोमा श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार बालबालिकाहरूलाई रमाउँदै पढ्ने वातावरण सिर्जना गर्न सिकाइलाई प्रयोगात्मक रूपमा अघि बढाएको बताइन् । बालबालिकाले तयार पारेका बुक, चाट लगायतका अतिरिक्त शैक्षिक गतिविधिहरूको अभिभावकहरूले अवलोकन गरेका थिए । ससाना बालबालिकाहरूलाई नयाँ विधि अपनाएर शिक्षण सिकाइ गरिरहेको उनले बताइन् । आफ्ना बालबालिकाहरूले विद्यालयमा आएर कसरी सिक्छन् र के सिक्छन् भन्ने कुराहरू प्रदर्शनीबाट पनि प्रष्ट भएको उनको भनाइ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्