मुगु ।
गत वर्ष स्थापना गरिएको दानबहादुर शाही उत्कृष्ट छात्रवृत्ति पुरस्कारबाट मुगुका २ जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । गत वर्षको एसईई परीक्षामा विजय मावि कालैका विद्यार्थीहरू मध्येबाट उत्कृष्ट नम्बर ल्याई उत्तिर्ण हुने जेहेन्द्रार विद्यार्थीहरू पदम चौलागाईं र महिन्द्रा भियाललाई जनही १० हजारसहित पुरस्कृत गरिएको हो ।
नेपाली कांग्रेसका महासमिति सदस्य एवम् नेवि संघ केन्द्रीय सदस्य धर्मराज शाहीले अन्य विद्यार्थीलाई शैक्षिक सामग्री, झोला वितरण गर्नुका साथै उत्कृष्ट हुने २ विद्यार्थीलाई नगद पुरस्कार हस्तान्तरणण गरेका हुन् ।
मुगुस्थित सोरु गाउँपालिकाको–९ कालैको विजय माविमा अध्ययनरत १२० जना र वडा नम्बर ८ को बालज्योति निमावि गिलाहाँमा अध्ययनरत ५० जना विद्यार्थीहरूलाई स्कुल झोला वितरण गरिएको थियो । नेपाली कांग्रेस मुगुका पुराना नेता दानबहादुर शाहीको नाममा गत वर्ष दानबहादुर शाही उत्कृष्ट शैक्षिक उपलब्धि पुरस्कारको घोषणा गरी अक्षयकोष स्थापना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्