बुटवल ।
नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको १६औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा यही फागुन २६ र २७ गते हुने भएको छ । काठमाडौँमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
अधिवेशनबाट नेतृत्वमा आउनका लागि नीजि विद्यालयका सञ्चालकहरू केही दिन यतादेखि महाधिवेशनको तयारीमा जुटेका छन् । यसै क्रममा बुटवलका हेमलाल भुसाल शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । रूपन्देहीको तिलोत्तमा वडा नम्बर ३ मा सञ्चालित बुटवल पब्लिक स्कुलका संस्थापक अध्यक्ष शर्माले उपाध्यक्षका लागि बुधबार मनोनय दर्ता गरिसकेका छन् ।
नीजि क्षेत्रको लगानीमा स्कुल सञ्चालन गरेका भुसाल लामो समयदेखि नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको जिल्ला र केन्द्रमा रहेर काम गर्दै आएका अनुभवी र पाका मानिन्छन् । प्याब्सन रूपन्देहीको कार्यसमिति, कोषाध्यक्ष, सल्लाहकार हुँदै प्याब्सन केन्द्रीय समितिको कार्यसमिति सदस्य भएर काम गरेका शर्मा वर्तमान केन्द्रीय कोषाध्यक्ष हुन् ।
कोषाध्यक्षमा रहेर सफल काम गरेको तथा प्याब्सनमा लामो समयदेखि काम गरेको अनुभव भएकाले अहिले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनले मिसन टुडेलाई बताए । संस्थालाई संस्थागत रूपमा थप विकास र थप व्यवस्थित गर्नका लागि आफूले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्