२४ वर्षदेखि फरार दम्पती पक्राउ



दाङ ।

ज्यान मुद्दामा २० वर्ष कैद सजाय हुने ठहर भएका दम्पतीलाई इलाका प्रहरी कार्यालय भालुवाङ दाङबाट खटिएको प्रहरी टोलीले कपिलवस्तुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका घर भएर कपिलवस्तुको शिवराज नगरपालिका बस्दै आएका जित बहादुर दमाई र नमी दमिनी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला अदालत दाङले उनीहरूविरुद्ध २०५७ असोजमा २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

फैसलासँगै फरार भएका उनीहरू कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–१ मा लुकेर बसेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक अमरबहादुर माझीले जानकारी दिए । दाङ जिल्ला अदालतको आदेशले उनीहरूलाई दाङ कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २१ गते बुधबार