आर्थिक मन्दीसँगै देशभरका सहकारीहरूले वित्तिय संकटको सामना गरिरहेका बेला वालिङ बचत तथा ऋण सहकारीले ऋणीहरूलाई दबाब दिनका लागि नेपालमै पहिलो र नयाँ शैलीको अभियान चलाउने अन्तिम तयारी गरेको हो । नयाँ शैलीको भजनकिर्तन अभियान ऋणीहरूको घरघरमा लैजानका लागि सहकारीले अन्तिम तयारी गरेको छ ।
श्यामलाल पोखरेल । बुटवल ।
सामान्यतया गाउँघरमा पूजाआजा तथा कुनै विशेष दिनमा भजनकिर्तन गर्ने गरिन्छ । तर, एउटा सहकारी संस्थाले भने नयाँ शैली अपनाउँदै लगेको ऋण नतिर्ने आफ्ना ऋणीहरूका घरघरमा ऋण उठाउन दबाब दिनका लागि अचम्म शैलीको भजनकिर्तन गर्ने तयारी गरेको छ । २०५९ सालमा गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको वालिङमा स्थापना भएको ‘वालिङ बचत तथा ऋण सहकारी संस्था’ले ऋणीहरूसँग ऋण उठाउनका लागि यसप्रकारको अनौठो शैली अपनाउन थालेको हो ।
देशभर सहकारी स्थापना गर्ने अभियान चलेकै बेला वालिङमा पनि वालिङ बचत तथा ऋण सहकारी स्थापना गरिएको थियो । गाउँघरमा उक्त सहकारी स्थापना गर्दा सबै खुसी थिए । आर्थिक अवस्था सुधार्ने र घरमा पर्ने साना ठूला आर्थिक समस्या समाधान गर्नेगरी सहकारी स्थापना गरिएको थियो ।
सहकारीले सहकारी ऐन नियम अनुसार लगानी गर्दै आएको थियो । सहकारीको नियम पालन गरी धितो राखेर वा सेयर सदस्यहरूको जम्मा भएको रकमको केही हिस्सा सहकारीले लगानी गर्दै आएको सहकारीका अध्यक्ष खगेन्द्रप्रसाद अर्यालले बताए । केही समय अघिदेखि सेयर सदस्यहरूले धितो मूल्यांकन गरी ऋण लगेको पैसाको ब्याज र किस्ता तिर्न छोडे । ब्याज र किस्ता तिर्नका लागि सहकारीले अनुरोध ग¥यो ।
अनुरोधका साथ आग्रह गरेपनि सेयर सदस्यहरूले ब्याज र किस्ता नतिरेपछि सहकारीले अहिले ब्याज र किस्ता उठाउनका लागि नयाँशैली अपनाएको छ । नयाँ तथा अनौठो खालको शैली अपनाएर ऋणीहरको घरघरमा सहकारीले भजनकिर्तन सुरु गर्ने तयारी गरेको छ । अनुरोधका साथ ऋणी सेयर सदस्यहरूलाई पटकपटक आग्रह गरेपनि ब्याजसमेत तिर्न नआएपछि घरघरमा पुगेर भजनकिर्तन गर्ने कार्यक्रम बनाइएको सहकारीका अध्यक्ष अर्यालले मिसन टुडेलाई बताए ।
सहकारीलाई ठगेर धनी हुन्छु भन्नेहरूलाई सुधार्नका लागि अरु कुनै उपाए नदेखेपछि घरघरमा भजनकिर्तन अभियान सञ्चालन गर्नेगरी निर्णय गरिएको अध्यक्ष अर्यालले बताए । सहकारीका प्रबन्धक खडानन्द बगालेका अनुसार स्थापना भएदेखि हालसम्म उक्त सहकारीमा ८ सय १५ जना सेयर सदस्य छन् । कुल पुँजी २२ करोड छ भने १३ करोड लगानी गरिएको छ । जसमा ३ करोड ब्याज उठ्न नसकेपछि भजनकिर्तन गर्दै सहकारी घरघरमा जान थालेको हो । कोट पाइन्ट लगाएर गाडी चढेर हिड्ने हुनेखानेहरूले पनि ऋणको ब्याजसम्म तिर्न नमानेपछि ऋणीहरूको घरघरमा भजनकिर्तन गर्ने तयारी गरिएकोे प्रबन्धक बगालको भनाइ छ ।
लगानी गरेको पैसाको ब्याज उठाउन समस्या भएपछि गत पुस २६ गते सम्पन्न सहकारीको २३औँ साधारणसभा तथा ७औँ अधिवेशनमा भजनकिर्तन कार्यक्रम लगेर घरघरमा जाने निर्णय भएको थियो । सहकारीका बहुमत सेयर सदस्यहरूले भजनकिर्तन कार्यक्रम ऋणीको घरघरमा लैजाने निर्णय गरेपनि कानुनी प्रक्रिया पु¥याउन सहकारी सञ्चालक समितिले साधारणसभा तथा अधिवेशनले गरेकोे निर्णयसहितको पत्र सिडीओ कार्यालय, वालिङ नगरपालिका, वडा कार्यालय र वडा प्रहरी कार्यालय वालिङमा बुझाएको छ ।
स्थानीय सरकार र सिडीओे कार्यालयको अनुमतिपत्र आउने तयारीमा रहेको र अनुमतिपत्र प्राप्त हुनासाथ ऋणीहरूका घरघरमा भजनकिर्तन गरी ब्याज असुल गर्ने सहकारीले बताएको छ । आर्थिक मन्दीसँगै देशभरका सहकारीहरूले वित्तिय संकटको सामना गरिरहेका बेला वालिङ बचत तथा ऋण सहकारीले ऋणीहरूलाई दबाब दिनका लागि नेपालमै पहिलो र नयाँ शैलीको अभियान चलाउने अन्तिम तयारी गरेको हो । नयाँ शैलीको भजनकिर्तन अभियान ऋणीहरूको घरघरमा लैजानका लागि सहकारीले अन्तिम तयारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले कानुनी रूपमा ऋण असुली गर्न तोकिएको विधि पालना गर्नुपर्ने र कुनैपनि संस्थाले कानुन हातमा लिएर नियमविपरीत ऋण असुल गर्न नपाउने बताएको छ । नेपालमा सहकारी ऐन नियम अनुसार, ऋण नतिर्ने ऋणीहरूका लागि कानुनी प्रक्रिया पु¥याएर मात्रै ऋण असुली गनुपर्र्ने व्यवस्था विद्यमान छ ।
प्रतिक्रिया दिनुहोस्