कोहलपुर ।
बाँकेको कोहलपुर–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलका प्री–प्राइमरी बालबालिकाहरूले शैक्षिक प्रदर्शनी गरेका छन् ।
विद्यालयका शैक्षिक परामर्शदाता ढुण्डिराज गिरीले शुक्रबार प्रदर्शनीको रिबन काटेर उद्घाटन गरेका थिए ।
शिक्षकले पढाउने विद्यार्थीले सुन्ने नभई फरक तरिकाले विद्यार्थी आफैले स्वयम् ‘सिक्दै पढ्दै’ एक्टिभिटी सिकाइलाई विद्यालयले जोड दिएको बताए । कार्यक्रम अन्र्तगत बालबालिकाहरूले आफूले विद्यालयमा सिकेका अनुभवहरू अभिभावकहरूलाई शैक्षिक प्रदर्शनीबाट साटेका हुन् ।
रमाउदैँ, सिक्दै र पढ्दै अभियानलाई विगत तीन वर्षदेखि विद्यालयमा सञ्चालन गरिरहेको विद्यालयका शैक्षिक परामर्शदाता गिरीले बताए । बालबालिकाहरूले सिकेका सिकाइका अनुभवहरू समेत विद्यालयले आफ्ना अभिभावकहरू समक्ष अर्धवार्षिक रुपमा प्रदर्शनीका माध्यमवाट अभिभावकहरूलाई सुचित गर्ने कार्यलाई निरन्तरता दिने गरेको जनकारी दिए ।
बालबालिकाहरू रमाउँदै सिक्दै कसरी गर्न सक्छन् भन्ने विषयमा उनीहरूले तयार पारेको बुक लगायतका अतिरिक्त शैक्षिक गतिविधिहरूको अभिभावकहरूले अवलोकन गरेका थिए । स–साना बालवबालिकाहरूलाई नयाँ विधि अपनाएर शिक्षण सिकाइ गरिरहेको उनले बताए ।
आफ्ना बालबालिकाहरूले विद्यालयमा आएर कसरी सिक्छन् र के सिक्छन् भन्ने कुराहरू प्रदर्शनीबाट पनि प्रष्ट भएको उनको भनाइ छ । अभिभावकहरूले आफ्ना बालबालिकाहरूले तयार पारेका बुकहरू समेत अवलोकन गर्दै सिकाइको प्रक्रियाप्रति खुसी व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्