लमही क्रिकेट मैदानको निरीक्षण



शिवु खनाल । दाङ ।

नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय गुरूङले देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको निरीक्षण गरेका छन् । बुधबार दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको प्रदेश अध्यक्ष गुरूङले स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन् ।

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ गतेदेखि हुँदै छ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान, सिदार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गर्न लागेको हो ।

उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने छ । राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ ।

नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव तथा देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदानका संयोजक कैलाश रोकाले प्रधानमन्त्री कप पुरुष क्रिकेटमा ४७ खेलमध्ये लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदानमा १४ र अन्य खेल सिदार्थ रंगशाला र तिलोत्तमा एक्ट्र टेक वभल क्रिक्रेट मैदानमा क्रिकेट क्रिक्रेट प्रतियोगिता हुने बताए ।

प्रतिष्ठित मानिएको यो प्रतियोगितालाई लक्षित गर्दै अहिले मैदान मर्मत सम्भारका कामलाई तीव्रता दिइएको छ । प्रतियोगिताका लागि मैदान सम्याउने, पिच निर्माण, दर्शकदीर्घा व्यवस्थापन, सुरक्षा संरचना मजबुत बनाउने र अन्य भौतिक पूर्वाधार मर्मत सम्भारका कार्य तीव्र गतिमा भइरहेको नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष गुरूङले जानकारी दिए ।

उनले प्रतियोगिता भव्य र व्यवस्थित बनाउन सबै तयारी अन्तिम चरणमा पु¥याइएको बताए । लुम्बिनी प्रदेश क्रिकेट संघका पदाधिकारीहरू प्रतियोगिता तयारीका साथै खेल मैदान स्थलगत निरीक्षण तथा अनुगमनमा व्यस्त छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार