सुरुसुरुमा अभिभावकहरूले विद्यार्थी पठाउन गाह्रो मानेपनि अहिले आफ्ना नानीबाबुलार्ई भर्ना गरिदिुनु प¥यो भन्दै स्कुलमा आउन थालेको विद्यालयकी प्राध्यापक मधु महत्राले बताइन् । स्कुल सञ्चालनका लागि दुर्गानगर टोल विकास संस्थाले आफ्नो संरक्षणमा रहेको जग्गा निःशुल्क उपलब्ध गराएको विद्यालयले जनाएको छ ।
श्यामलाल पोखरेल । बुटवल ।
आमाबुवा नभएका टुहुरा तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालार्ई पढाउने उद्देश्यले गत बैशाख १ गतेबाट बुटवलमा सञ्चालन गरिएको मितेरी इन्टरनेशनल मण्टेश्वरी स्कुलले ८७ जना विद्यार्थीहरूलार्ई निःशुल्क पढाइरहेको छ । स्व. लिला अर्यालको स्मृतिमा स्थापना गरिएको उक्त मितेरी इन्टरनेशनल सिमली मण्टेश्वरी स्कुल बुटवल उपमहानगरपालिका वडा नम्बर ११ स्थित दुर्गानगरमा सञ्चालित छ ।
चालू शैक्षिक सत्रदेखि प्ले गु्रपबाट स्कुल सञ्चालन गरिएको र प्रत्येक वर्ष एक-एक कक्षा बढाउँदै लैजाने योजना गरिएको स्कुलका अध्यक्ष महेन्द्रप्रसाद अर्यालले जानकारी दिए । कक्षा १२ सम्म पढाइ सञ्चालन गर्ने गरी स्कुलको भौतिक संरचना समेत बनाउँदै लगिने उनले बताए ।
आमाबुवा नभएका टुहुरा र आर्थिक अवस्था कमजोर भएर स्कुलको पहुँचमा नपुगेका बालबालिकाहरूलार्ई विशेष प्राथमिकता दिएर निःशुल्क र गुणस्तरीय शिक्षा दिने उद्देश्यले स्कुल सञ्चालन गरिएको अध्यक्ष अर्यालले मिसन टुडेलार्ई जानकारी गराए ।
सुरुमा स्कुल सञ्चालन गर्दा केही समस्या आएपनि अहिले सबै पक्ष, स्थानीय शिक्षा पे्रमी, बुद्धिजीवि र बंैकहरूले समेत आवश्यक सहयोग गरिरहेको उनले बताए । स्कुलका निर्देशक डाक्टर शिसिर अर्यालका अनुसार विद्यार्थीलार्ई व्यवहारिक र गुणस्तरीय शिक्षा दिनका लागि दक्ष शिक्षकहरू राखेर पठन पाठन गराइएको छ । देशलार्ई आवश्यक पर्ने र अन्र्तराष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने खालका दक्ष विद्यार्थी उत्पादन गर्ने स्कुलको योजना रहेको निर्देशक अर्यालको भनाइ छ ।
बुटवल बजारको नजिकै भएपनि तिनाउ नदी आसपासको क्षेत्रको वस्तीमा बस्ने बालबालिकाहरू शिक्षाको पहुँचमा नभएको देखेपछि स्कुल सञ्चालन गरिएको उनले बताए । विद्यार्थी विदेश पलाईन हुँदा शिक्षा क्षेत्र कमजोर हुँदै गएकाले अब विद्यालय स्तरबाटै विद्यार्थीलार्ई सचेत गराएर विदेश पलाईन हुनबाट रोक्नु पर्ने र त्यसका लागि मितेरी इन्टरनेशनल सिमली मण्टेश्वरी स्कुलले वैज्ञानिक र व्यवहारिक शिक्षाको थालनी गर्नुपर्ने पूर्व जिल्ला शिक्षा अधिकारी डबलसिंह विसीले बताए ।
सुरुसुरुमा अभिभावकहरूले विद्यार्थी पठाउन गाह्रो मानेपनि अहिले आफ्ना नानीबाबुलार्ई भर्ना गरिदिुनु प¥यो भन्दै स्कुलमा आउन थालेको विद्यालयकी प्राध्यापक मधु महत्राले बताइन् । स्कुल सञ्चालनका लागि दुर्गानगर टोल विकास संस्थाले आफ्नो संरक्षणमा रहेको जग्गा निःशुल्क उपलब्ध गराएको विद्यालयले जनाएको छ ।
अहिले २ सय विद्यार्थी पढाउन सक्ने विद्यालयको भौतिक संरचना रहेको र प्रयोगशाला सहितको कक्षा १२ सम्म निःशुल्क पढाउनका लागि ५ बिघा क्षत्रफलको जग्गाका आवश्यक पर्ने विद्यालयका अध्यक्ष अर्यालले जानकारी दिए । अध्यक्ष अर्यालका अनुसार बुटवल क्षेत्रमा ५ बिघा क्षेत्रफलको जग्गा पाउने सम्भावना नदेखिएकाले पाल्पातिर जग्गाको खोजीमा लागिएको छ । शिक्षक र कर्मचारी गरी स्कुलमा ८ जनाले रोजगारी पाएका छन् ।









प्रतिक्रिया दिनुहोस्