रूकुमपश्चिम ।
मुसीकोट नगरपालिका–१४ चाखलडाँडास्थित रुद्रबहादुर बिष्टको घरमा आगलागी हुदाँ ठूलो क्षति भएको छ । बुधबार बिहान भएको आगलागीबाट बिष्टको ६ कोठे ढुङगा र माटोले बनेको टिनका पाताले छाएको २ तले घर जलेर नष्ट भएको हो ।
आगलागीमा मानवीय क्षति नभएपनि पशुचौपाया भने जलेर मरेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुमपश्चिमका निमित्त प्रमुख प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आगलागीमा परेर २ गोरु, १४ बाख्रा, ४ भेडा र ९० कुखुरा मरेका छन् ।
घरको तत्लो तलामा बाँधेर राखेका पशुचौपायामध्ये २ गाई र ५ बाख्रा भने जलेर घाइते अवस्थामा छन् ।
यसका साथै घरमा राखिएको लत्ताकपडा, अन्नपात, कागजपत्र सबै जलेर नष्ट भएका छन् । आगलागीबाट १२ लाख ५० हजार बढीको क्षति भएको प्रहरी निरीक्षक पाठकले बताए । पीडित बलजित बिष्टका अनुसार विद्युतको तार सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घरमा कोही नभएको बेला आगलागी भएकाले मानवीय क्षति नभएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्