एसपिए कैलाली प्रिमियर लिग : त्रिवेणी सेमिफाइनलमा प्रवेश



कैलाली ।

धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को नवौँ खेलमा डडेल्धुराको पर्शुराम नगरपालिका विरुद्ध कैलालीको लम्की नगरपालिकाले सहज जीत निकालेको छ । समूह ‘डी’ अन्तर्गतको खेलकमा लम्कीले पर्शुरामलाई ११ रनले पराजित ग¥यो । लगातार दोस्रोे खेलमा पराजय व्यहोरेको पर्शुराम प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘डी’ कै अघिल्लो खेलमा शुक्लाफाँटा नगरपालिका विजयी भएको थियो । अब लम्की र शुक्लाफाँटाबीच खेलिने खेलको विजेता टोली सेमिफाइन प्रवेश गर्नेछ । लम्कीलाई जीत दिलाउन डम्मर माझीले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका माझीले १२ रन खर्चर्दै ३ विकेट चट्काए । माझी म्यान अफ दी म्याच चुनिए । त्यस्तै ३.४ ओभर बलिङ गरेका कवि बमले १८ रन खर्चेर ३ विकेट नै चट्काए । शुरेश भण्डारीको नाममा २ विकेट रहँदा दिपक शाहीले १ विकेट लिए ।

११६ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले १९.४ ओभरमा अलआउट हुँदै १०५ रन बनाउन मात्र सके । पर्शुरामले पावर प्लेमा एकदम सुस्त खेले । ३६ बलमा उनले ३ विकेट गुमाउँदै मात्र १८ रन बनाए । पावर प्लेमा उनले एउटा पनि बाउड्री हिर्काउन सकेन । पर्शुरामका लागि मान साउँदले सर्वाधिक २७ रन बनाए । त्यस्तै किरन धामीले २२ रन बनाउँदा आयुश्मान शाहीले १७ रनको योगदान दिए । अन्य ब्याटरले उल्लेखनीय प्रर्दशन गर्न सकेनन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लम्कीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११६ रन बनाएको थियो । लम्कीका लागि ओपरन ब्याटर कमल बिष्ट र अर्जुन साउँदले ४१ रनको साझेदारी गरे । बिष्टले ३४ रन बनाउँदा साउँदले १८ रन बनाए । १० ओभरमा मात्र १ विकेट गुमाएर ६८ बनाएको लम्कीले त्यसपछि भने लगातार विकेट गुमायो । उसका लागि रबिन भण्डारीले थप १८ रन जोड्दा अन्य ब्याटरहरूले दोहोरो अंकको रन जोड्न सकेनन । पर्शुरामका लागि किरन धामी र आयुश्मान शाहीले समान तीन–तीन विकेट लिए भने दिल बोहराले एक विकेट लिए ।

आइतबारनै भएको दोस्रोे खेलमा धनगढी उपमहानगरपालिकालाई ८ विकेटले पराजित गर्दै त्रिवेणी नगरपालिकाले लगातार दोस्रोे जित निकालेको छ । त्रिवेणी नगरपालिका समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । त्रिवेणी समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेपछि धनगढी उपमहानगरपालिकाको टिम एकखेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । धनगढी उपमहानगरपालिकाले दिएको १०३ रनको झिनो लक्ष्य त्रिवेणीले ११ ओभरमा केबल २ विकेट गुमाउँदै पूरा ग¥यो । त्रिवेणीलाई जीत दिलाउन राजु रिजाल र संदिप मौरियाले अविजित शतकिय साझेदारी गरे । मौरिया ४१ रनमा अविजित रहेभने रिजाल ३८ रनमा अविजित रहे । २७ बल सामना गर्दै ७ चौका हिर्काएका रिजाल म्यान अफ दी म्याच चुनिए । त्यस्तै विजय रानाले १४ रन बनाए ।

धनगढी उपमहानगरपालिकाका लागि सुनिल दौल्याल र जनक नाथले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको धनगढी उपमहानगरपालिकाकाले निर्धारित २० ओभरमा अलआउट हुँदै १०२ रन बनायो । धनगढीका लागि मनिस जोशीले सर्वाधिक ३८ रन बनाए । रोशन रावलले १६ रन बनाउँदा कप्तान आकाश बिस्टले १२ रनको योगदान दिए । अन्य ब्याटरहरूले दोहोरो अंकको रन बनाउन सकेनन् । धनगढीका ४ जना ब्याटर रनआउट भए । त्रिवेणी नगरपालिकाका लागि दिपक टमाट्टा र विशाल आचार्यले समान दुई-दुई विकेट लिए भने रोशन अधिकारी र लोकेन्द्र चन्दले समान एक-एक विकेट हात पारे ।

आज (सोमबार) लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेल बिहान ९ः३० बजे भिमदत्त र लम्कीका बीच हुनेछ । जसको विजेता टोली समूह ‘डी’को विजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछ भने दिउँसो २ बजे लिग चरणको अन्तिम खेल धनगढी र वेदकोटकाबीच हुनेछ ।

धनगढीको फाप्ला खेल मैदानमा आयोजना भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेस्रोे संस्करण हो । तेस्रोे संस्करणमा मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोस्रोे संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । तेस्रोे संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाख, उपविजेता टोलीले नगद १ लाख, सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, बेष्ट बलर र ब्याटरले जनही १५÷१५ हजार, उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १२ गते सोमबार