कोहलपुर ।
बाँकेको कोहलपुरमा जारी ७औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८१ को तेस्रो दिनमा पनि तीन खेलहरू भएका छन् ।
कोहलपुर नगरपालिकाको आयोजनामा बुधबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिन शुक्रबार तीन खेलहरू भएका हुन् । तेस्रो दिन भएका खेलमा त्रिभुवन नमुना मावि, नेपालगन्ज मोडेल एकेडेमी र सगरमाथा ज्ञानकुञ्ज मावि विजयी भएका थिए । तेस्रो दिनको पहिलो खेलमा त्रिभुवन नमुना माविले कोहलपुर बागेश्वरीलाई ५ विकेटले हराउँदै जीत हासिल गरेको हो ।
टस जितेर कोहलपुर बागेश्वरीले पहिले ब्याटिङ रोजेको थियो । ब्याटिङ गर्दै बागेश्वरीले त्रिभुवन माविलाई ६७ रनको लक्ष्य दिएको थियो । बागेश्वरीले दिएको ६७ रनको लक्ष्य पछ्याउँदै त्रिभुवन माविले १०.३ ओभरमा ५ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा ग¥यो । त्रिभुवन माविका लागि पास्ना तामाङले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिँदै विजयी बनाउन विशेष योगदान दिइन् । उनी प्लेयर अफ द म्याच समेत बनेकी थिइन् ।
यस्तै दोस्रो खेल नेपालगन्ज मोडेल एकेडेमी र कृष्ण माविबीच भएको थियो । टस जितेर नेपालगन्ज मोडेल एकेडेमीले पहिले ब्याटिङ रोजेको हो । नेपालगन्ज मोडेल एकेडेमीले खेलको निर्धारित १२ आभेरमा ५ विकेट गुमाउँदै १०९ रनको लक्ष्य दिएको थियो ।
उक्त लक्ष्य पछ्याएको कृष्ण माविले १२ ओभरमा ३ विकेट गुमाउँदै ६७ रन मात्रै बनाउन सक्यो । नेपालगन्ज मोडेल एकेडेमीले कृष्ण माबिलाई ४२ रनले हराउँदै विजयी हासिल गरेको हो । नेपालगन्ज मोडेल एकेडेमीकी आरुसी भट्टराईले ३ ओभरमा २८ रन खर्चेर ३ विकेट लिएकी थिइन् । उनी प्यलेर अफ द म्याच बनिन् ।
यस्तै तेस्रो खेलमा सगरमाथा ज्ञानकुञ्जले कोहलपुर लिटिल एञ्जल्सलाई हराएको हो । टस जितेर सगरमाथाले पहिले फिल्डिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको कोहलपुर लिटिल एञ्जल्सले १० ओभरमा अलआउट हँुदै ४६ रनमा मात्रै समेटियो ।
४७ रनको लक्ष्य प्राप्त गरेको सगरमाथाले २.३ ओभरमा १ विकेट गुमाउँदै सहजै लक्ष्य पूरा गरेको थियो । यससँगै सगरमाथा ज्ञानकुञ्जले लिटिल एञ्जल्सलाई हराउँदै ९ विकेटले विजयी भएको हो । आशिका भट्टराईले १० बलमा ११ रन खर्चेर नटआउट पारी खेल्दै सरमाथालाई विजयी बनाएकी थिइन् । उनले म्यान अफ द म्याच समेत प्राप्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्