के वान युथ लिगमा एरिकाले जितिन् रजत



काठमाडौँ ।

नेपाली कराते स्टार खेलाडी खेली एरिका गुरुङले बिहीबार युएईमा के वान युथ लिग कराते प्रतियोगिता रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा उपविजेता हुँदै रजत जितेकी हुन् ।

१९औँ एसियन गेम्स र एसियन च्याम्पियनसिपकी समेत रजत विजेता रहेकी एरिका फाइनलमा इरानी खेलाडीसँग ९–१ ले पराजित भएकी थिइन् । त्यसअघि एरिकाले पहिलो खेलमा भारतीय खेलाडीलाई ८–० ले, क्वाटरफाइनलमा काजाकास्तानी खेलाडीलाई ४–१ र सेमिफाइनलमा टर्कीएकी खेलाडीलाई ५–२ ले पराजित गर्दै फाइनल प्रवेश गरेकी थिइन् ।

एरिमा एसियन गेम्स र एसिपयन च्याम्पियनसिप करातेमा रजत पदक जित्ने एक्लो नेपाली खेलाडी हुन् । के वान युथ लिगमा ८७ राष्ट्रका २ हजार ३ सय ८२ खेलाडीको सहभागिता रहको छ । एरिकाले प्रतिस्पर्धा गरेको इभेन्टमा १४ राष्ट्रका १८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १० गते शनिबार