ग्रीनल्याण्ड एकेडेमीले मनायो वार्षिकोत्सव



नन्दराम जैशी । सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर–३ तातापानीस्थित ग्रीनल्याण्ड एकेडेमीले आफ्नो १२औँ वार्षिकोत्सव मनाएको छ । शुक्रबार एक औपचारिक कार्यक्रममार्फत ग्रीनल्याण्डले वार्षिकोत्सवसँगै अभिभावक भेला तथा पुुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तृती समेत देखाइएका थिए । वार्षिकोत्सवलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले समयानुकूल गुणस्तरीय शिक्षामा ग्रीनल्याण्डले जोड दिएको उल्लेख गरे । पछिल्लो समय शिक्षामा भित्रिएको प्रविधिको उच्चतम प्रयोगमार्फत शैद्धान्तिक मात्रै होइन व्यवहारिक गरिखाने शिक्षामा पनि ग्रीनल्याण्डले जोड दिन उनको सुझाव छ ।

‘विद्यालयको नतिजाले शैक्षिक गुुणस्तर राम्रो छ भन्ने पुष्टि हुुन्छ । यहाँ पढेका विद्यार्थीले असल नागरिकको भूमिका खेल्दै आएका छन् । जहाँ गयो सफल र असल हुनेगरी यहाँका विद्यार्थीले ज्ञान सिकुुन्’ उनले भने, ‘ग्रीनल्याण्ड जस्तै अरु निजी विद्यालयहरू पनि नाफामा मात्रै केन्द्रित हुन हुँदैन । गुणस्तरीय शिक्षा प्रवाहमा राज्यसँग हातेमालो गर्दै अघि बढ्नुपर्छ ।’

यस्तै विद्यालयका प्रबन्धक प्रकाश शाहीले विद्यालयले १२ वर्षे कठिन समय पार गरेको उल्लेख गर्दै दुःख, संघर्ष, कष्ट र मेहनतले यहाँसम्म पुगेको बताए । ‘यो यात्रा अविस्मरणीय र प्रेरणादायी दुुबै रहेको छ । यसमा सहयोग गर्ने सबै अभिभावकलाई धन्यवाद छ ।’ उनले भने, ‘विद्यार्थीले राम्रो नतिजा ल्याएर उच्च शिक्षाको लागि यात्रा तय गर्दा गर्वले छाती चौडा भएको छ । आगामी दिनमा पनि प्रदेशकै उत्कृष्ट नतिजा ल्याउने गरी शिक्षण क्रियाकलाप जारी रहनेछन् ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धरम बिष्टले हाल ग्रीनल्याण्डको शैक्षिक र भौतिक अवस्था राम्रो रहेको उल्लेख गर्दै बालबालिकालाई ग्रीनल्याण्डमै पठाउन अनुरोध गरे ।

विद्यालयका प्रिसिन्पल ज्योति शाही पौडेलले ग्रीनल्याण्डलाई प्रदेशकै एक प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा स्थापित गर्न सहयोग गर्ने सबै अभिभावकलाई धन्यबाद दिइन् । ‘यो समाजमा विद्यालयको अति आवश्यकता थियो । त्यसकारण २०६९ सालमा ग्रीनल्याण्ड एकेडेमीको स्थापना भयो ।’ उनले भनिन्, ‘स्थापनाकालदेखि आज सम्मको यात्रामा विद्यालयले थुप्रै अवरोधहरू पार ग¥यो । जुन कुरा हामीले हरेक वार्षिकोत्सवमा अभिभावक ज्यूहरूलाई सुनाउँदै आइरहेका छौँ ।’
सीमित श्रोत साधन, सानो समुदाय र थोरै विधार्थीहरूबाट गुणस्तरीय शिक्षा प्रदान गर्न स्थापित भएको ग्रीनल्याण्ड प्रदेशकै एक प्रतिष्ठित र गुणस्तरीय शिक्षा प्रदायक शैक्षिक संस्थाको रूपमा स्थापित हुन सफल भएको उनले दाबी गरिन् । विद्यालयले शिक्षा संस्कार, प्रकृति र प्रविधिलाई जीवन रुपान्तरणका मुख्य मानकका रूपमा स्थापित गरेको उनको भनाइ छ । हाल यस विद्यालयमा कक्षा पीजिदेखि १० कक्षासम्म कुुल १ हजार १२८ जना विधार्थी अध्ययनरत छन् ।

प्रदेशकै उत्कृष्ट नतिजा ल्याउन सफल

ग्रीनल्याण्ड एकेडेमी कर्णालीकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । २०८० सालको एसईई परीक्षामा एकेडेमीले सफलता हासिल गरेको हो । विद्यालय पहिलोपल्ट एसईई परीक्षामा सहभागी भइ ऐतिहासिक ३.९५ जीपीए नतिजासहित छात्रा स्मारिका शाहीले छात्रातर्फ प्रदेश प्रथम हुन सफल भएकी थिइन् ।

जम्मा १५ जना विद्यार्थीमध्ये ६ जना ए प्लस, ७ जना ए र १ जना बी प्लस नतिजा ल्याउन सफल भएका छन् । उक्त नतिजा कर्णाली प्रदेशकै उत्कृष्ट नतिजा हो । २०८० सालकै वीरेन्द्रनगर नगरस्तरीय कक्षा ८ को परीक्षामा पनि जम्मा ३३ जना विद्यार्थीहरू मध्ये १७ जना ए प्लस, १२ जना ए र ५४ जना बी प्लस ग्रेड नतिजा ल्याउन सफल भइ उत्कृष्ट विद्यालयको रूपमा परिचित भएको छ ।

विद्यालय भित्रका आन्तरिक मात्र नभई विद्यालयबाहिर भएका नगरस्तरिय तथा जिल्लास्तरीय वत्तृmत्वकला प्रतियोगिता, नृत्य प्रतियोगिता, चित्रकला लगायत विविध प्रतियोगता साथै विभिन्न खेलमा समेत उत्कृष्ट प्रर्दशन गरी उत्कृष्ट स्थान हासिल गर्न एकेडेमी सफल भएको छ ।

विद्यालयमा जम्मा ४० जना शिक्षकहरू कार्यरत छन् । विद्यालयले प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसमा प्रतिभा पहिचान कार्यक्रम, धुम्रपान, मध्यपान विरुद्धको सचेतना कार्यक्रम, कक्षा ५ देखि १० सम्मका छात्राहरूको लागि महिनावारी तथा सरसफाइ सम्बन्धी सचेतना कार्यक्रम लगायत रहेका छन् । यस्तै वृक्षारोपण कार्यक्रम, ज्येष्ठ नागरिकसँग मिलन, स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम सञ्चालन गरिँदै आइएको छ ।

बालबालिकाबीच मित्रताको भावलाई उजागर गरी आफूभन्दा कमजोर आर्थिक अवस्था भएका साथीहरूलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास गर्नका लागि वादी सरोकार मञ्चमा आश्रित १२० बालबालिकासँग मित्र मिलन कार्यक्रम भइरहेको छ । विद्यालयमा जम्मा २९ ओटा कक्षा कोठा रहेका छन् । विद्यालयमा आफ्नै २५ कोठे नयाँ भवनको निर्माण कार्य जारी रहेको छ । आउने शैक्षिक सत्र २०८२ बाट उक्त भवन प्रयोगमा ल्याइने जनाइएको छ । बालबालिकाहरूको खेल विकासका लागि फुटसल खेल मैदान तयार गर्ने तयारी छ । खेलाडी प्रशिक्षणका लागि खेल प्रशिक्षक र ८ जना गीत संगीत तथा नृत्यमा रुची भएका बालबालिकहरूलाई प्रशिक्षणका लागि प्रशिक्षकको समेत व्यवस्था गरिएको छ ।

मिसन टुडेकर्मी जैशी सम्मानित

मिसन टुडे राष्ट्रिय दैनिकका कर्णाली प्रदेश ब्यूरो प्रमुख नन्दराम जैशी ग्रीनल्याण्ड शिक्षा पत्रकारिता पुरस्कार– २०८१ बाट सम्मानित भएका छन् । ग्रीनल्याण्ड एकेडेमी वीरेन्द्रनगर–३ तातापानी सुर्खेतले प्रदान गर्दै आएको शिक्षा पत्रकारिता पुरस्कारबाट जैशी सम्मानित भएका हुन् ।

शुक्रबार विद्यालयको १२औँ वार्षिकोत्सव, अभिभावक भेला तथा पुुरस्कार वितरण कार्यक्रमका अवसरमा उनलाई सम्मान गरिएको थियो । कर्णालीमा रहेर विगत ११ वर्षदेखि पत्रकारिता गर्दै आएका जैशीले समाचार लेखन मार्फत शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै विद्यालयले सम्मान गरेको हो ।

यस्तै यस विद्यालयले प्रदान गर्दै आएको ग्रीनल्याण्ड प्रतिभा पुरस्कार २०८१ बाट कलाकार कुलमान नेपाली सम्मानित भएका छन् । विद्यालयका प्रिन्सिपल ज्योति पौडेल शाहीका अनुसार कला र पत्रकारिताको माध्यमबाट शैक्षिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई हौसला स्वरुप पुरस्कार प्रदान गरिएको हो । विद्यालयको इतिहासमा यसरी यी २ पुरस्कार प्रदान गर्ने ग्रीनल्याण्ड कर्णालीकै पहिलो विद्यालय हो ।

उनीहरू दुवै जनालाई विद्यालयले नगद रकमसहित प्रमाणपत्र, माला र दोसल्लाले सम्मान गरेको विद्यालयका प्रबन्धक प्रकाश शाहीले बताए ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १० गते शनिबार