कोहलपुर ।
होप फर चिल्ड्रेनको आयोजनामा बाँकेको कोहलपुर नगरपालिका–१० चटार बस्तीमा सरसफाइ गरिएको छ । बिहीबार टोल विकास समिति, वडा कार्यालयको सहयोग तथा नेपाल राष्ट्रिय आधारभूत विद्यालय र कोहलपुर नगर प्रहरीको सहकार्यमा सरसफाइ गरिएको थियो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ गरिएको होप फर चिल्ड्रेन, कोहलपुर शाखा प्रमुख नवीन खत्रीले जानकारी दिए । सो क्रममा सहभागिले सडक र बस्तीका दायाँबायाँ फालिएका फोहोर टिप्नुका साथै संकलन गरिएको फोहोरहरू जलाएका थिए ।
फोहोर डस्बिनमा फाल्ने बानी बसाल्न र जथाभावी फोहोर गर्न नहुने जनचेतना जगाउने उद्देश्यले ‘फोहोर मलाई’ लेखिएका डस्बिन टोल विकास समिति र वडा कर्यालयलाई प्रदान गरेको उनले जानकारी दिए । सो अवसरमा विद्यार्थीहरू, नगर प्रहरी, टोल विकास समिति लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति : २०८१ फागुन ९ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्