खजुरा (बाँके) ।
बाँकेको खजुरामा महिलालार्ई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले किशोरीलार्ई एचपीभी खोप लगाउन दिइएको लक्ष्यभन्दा बढीलार्ई खोप लगाइएको छ । स्वास्थ्य कार्यालय बाँकेले खजुरा गाउँपालिकाललार्ई ३३ सय जनाको लक्ष्य दिएकोमा ५१ सय बढी किशोरीहरूलार्ई खोप लगाउन सफल बनेको हो । जिल्लामै अन्य पालिकाभन्दा खजुरा गाउँपालिकामा एचपीभी खोप प्रभावकारी रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
बिहीबार खजुरा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको नियमित खोप सुदृढीकरण, खोप सुनिश्चितता र दिगोपना, नमुना संकलन, सरसफाई प्रवद्र्धन, सूक्ष्म योजना सम्बन्धी पालिका स्तरीय खोप समन्वय समिति, जनप्रतिनिधिबीच अभिमुखीकरण काईक्रममा फोकल पर्सन श्रेष्ठले खजुरामा लगाइएको खोप अभियान प्रभावकारी रूपमा अघि बढेको जानकारी दिए । उनका अनुसार अन्य क्षेत्रभन्दा खजुरामा खोप अभियान ९९ प्रतिशत सफल भएको छ ।
गत ३ वर्षदेखि यताको अवस्थालार्ई मूल्याङ्कन गर्दा खजुरा खोप अभियानमा सफल बनेको फोकल पर्सन श्रेष्ठले दाबी गरे । उनका अनुसार जिल्लाको नेपालगन्ज र नरैनापुरका केही क्षेत्रमा भने खोप अभियान सञ्चालन गर्न कठिनाई रहेको बताएका थिए । फोकल पर्सन श्रेष्ठले उद्योग क्षेत्रमा अझ धेरै खोप अभियानमा छुट्ने गरेको तथ्याङ्क जिल्लालार्ई प्राप्त भएको जानकारी दिए ।
अभिमुखीकरण काईक्रममा यस वर्षदेखि प्रत्येक वडा पूर्ण खोप घोषणा गर्ने गरी काम अगाडि बढाइएको उनले बताए । बाँके जिल्लामा ज्याला मजदुरीका लागि दिनभर घरबाहिर हुने बुबाआमाका छोराछोरीले खोप लगाउन नपाइरहेको अवस्था देखिएको भन्दै उनले यसतर्फ पनि विशेष ध्यान दिन अनुरोध गरेका थिए ।
खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीले खोप अभियानलार्ई थप प्रभावकारी बनाउन पहुँच नपुगेको ठाउँको पहिचान गरी नियमित खोप सञ्चालन गर्ने बताइन् । शाखाले विभिन्न सरोकारवालासँग समन्वय गरी खोप अभियानलार्ई सफल बनाउने काम गर्दै आइरहेको उनले जानकारी दिइन् । काईक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक तुफान, उपाध्यक्ष मन्जु मल्ल, वडाध्यक्षहरू, काईपालिका सदस्य, स्वास्थ्य शाखा अन्तर्गतका कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्