धनगढी ।
कैलालीको धनगढीमा बुधबारबाट कैलाली प्रिमियर लिग टि–२० क्रिकेट च्याम्पियनसीप सुरु भएको छ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको लिगको सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस नेतृ डम्मरी महराले उद्घाटन गरिन् । प्रतियोगिताको उद्घाटनमा दुई खेल भएका थिए ।
धनगढीको फाप्लामा जारी तेस्रो संस्करणको कैलाली प्रिमियर लिगमा गोदावरी नगरपालिकाको टिमले विजयी सुरुवात गरेको छ । शुक्लाफाँटा नगरपालिकाले प्रस्तुत गरेको एक सय २४ रनको लक्ष्य गोदावरी नगरपालिकाले १९ ओभरमा ५ विकेट गुमाउँदै भेटायो ।
गोदावरी नगरपालिकाका लागि निश्चल केसी र हृदय बिठारीले ६१ रनको उत्कृष्ट अर्धशतकीय साझेदारी गरे । गोदावरी नगरपालिकाका लागि ओपनर ब्याटर गजेन्द्र बोहराले सर्वाधिक ३९ रन प्रहार गरे । बोहरा म्यान आफ दी म्याच समेत चुनिदैँ नगद दुई हजार पाँच सय प्राप्त गरे । निश्चल केसीले ३७ तथा हृदय बिठारीले ३५ रनको अविजीत पारी खेले । शुक्लाफाँटा नगरपालिकाका लागि कैलाश ऐरले २ तथा अशोक धामीले १ विकेट लिए ।
त्यसअघि शुक्लाफाँटा नगरपालिकाका कप्तान ललित सिंह भण्डारीले टस जीतेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । निर्धारित २० ओभरमा शुक्लाफाँटा नगरपालिकाले ८ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । शुक्लाफाँटाका लागि निराजन गौतमले सर्वाधिक २६ रन बनाए । सुरज तिरुवा १६, लोकेश जोशी र कृष्ण भट्टले समान १५ रन, कैलाश ऐरले अविजीत १३ तथा अशोक धामीले १० रनको योगदान दिए ।
गोदावरी नगरपालिकाका लागि खडक बोहरा र आयुश द्वारियाले समान दुई÷दुई विकेट र प्रकाश राज जोशी, शुशिल रावल र शुशिल रावलले समान एक-एक विकेट लिए । दोस्रो खेलमा पुर्नवास ‘बी’ विजयी भएको छ ।
निर्धारित १६ ओभरको खेलमा दुई विकेटको क्षतीमा एक सय ८६ रन बनायो । पुनर्वास नगरपालिका ‘बी’ का लागि ओपनर ब्याटर दिपक बोहराले शतक हिर्काए । ५२ बल सामना गरेका उनले आठ छक्का र छ चौकाको मद्दतले अविजीत १०० रन बनाए । त्यस्तै टेक रावतले अर्धशतक हिर्काए ।
उनले ३२ बलमा ५ चौका र ४ छक्काको मद्दतले अविजीत ६५ रन बनाए । पुर्नवास नगरपालिका ‘बी’ का लागि अभिषेक पालले दुई तथा कप्तान बिपिन रावलले सात रन बनाए । घोडाघोडी नगरपालिकाका लागि कप्तान गोविन्द विष्ट र चेतराज भण्डारीले समान एक÷एक विकेट लिए । प्रतियोगिताका विजेतालाई २ लाख, उपविजेतालाई १ लाख, प्लेयर अफ द सिरिजलाई २५ हजार, वेस्ट ब्याट्सम्यानलाई १५ हजार, नवप्रतिभावान खेलाडीलाई १० हजार, प्रत्येक खेलमा प्लेयर अफ द म्याच हुने खेलाडीलाई २ सयसँगै ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्