कोहलपुरमा आजदेखि यु–१९ उपमेयर कप छात्रा क्रिकेट



कोहलपुर ।

बाँकेको कोहलपुरमा आजदेखि ७औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८१ यु–१९ छात्रा क्रिकेट प्रतियोगितासञ्चालन हुँदैछ । प्रतियोगिताको कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्यले एक समारोहकाबीच उद्घाटन गर्नेछन् ।

कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिता आजदेखि १३ गतेसम्म हुनेछ । प्रतियोगितामा कोहलपुर नगरपालिकाका भित्र रहेका १८ वटा विद्यालयले सहभागिता जनाउने कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले जानकारी दिइन् ।

महिला क्रिकेटरहरू उत्पादनका लागि प्रतियोगिता उपयोगी हुने उनले बताइन् । महिला क्रिकेटरको उर्वर भूमिका रूपमा चिनिएको बाँकेमा विगतदेखि प्रतियोगिता सञ्चालन हुँदै ७औँ संस्करणसम्म आएको उनले जानकारी दिइन् ।
प्रतियोगिताको प्रथम पुरस्कार ३५ हजार र २५ हजार बराबरको क्रिकेट किट, दोस्रो पुरस्कार २० हजार र १५ हजार बराबरको त्रिकेट किट रहेको छ ।

उत्कृष्ट ५ जना खेलाडिलाई क्रिकेट एकेडेमीमा निःशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ । यस्तै प्यलेर अफद सिरिज ७ हजार ५ सय, बेष्ट बेटर ५ हजार, बेष्ट बलर ५ हजार र एक पिस क्रिकेट सुज र उदीयमान एक जना खेलाडीलाई एक पिस क्रिकेट सुज पुरस्कार पाउँनेछन् ।

७औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको र प्रतियोगिताको लागि ७ लाख रूपैयाँँ बजेट विनियोजन गरिएको कोहलपुर नगर खेलकुद समितिका अध्यक्ष चक्र चिमालाले जानकारी दिए । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्न मद्दत पुग्ने उनको भनाइ रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ७ गते बुधबार