खजुरामा निर्धनको वित्तीय साक्षरता कार्यक्रम



खजुरा (बाँके) ।

बाँकेको खजुरामा मंगलबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । निर्धन उत्थान लघु वित्तीय संस्थाले एकदिने वित्तीय साक्षरता तालिम आफ्ना सदस्यहरूसहित अन्तक्र्रिया गरेको हो ।

संस्थासँग आबद्ध रहेका दिदिबहिनीहरूलाई निर्धनले वित्तीय लगानी, ऋण कर्जा, चुक्ता ऋण कर्जा लगायतका बारेमा समेत चर्चा गरिएको थियो । ३४ वर्षदेखि निर्धनले आफ्नो सेवा दिन थालेको निर्धन उत्थान लघु वित्तीय संस्था कोहलपुर क्षेत्रीय कार्यालयका प्रबन्धक मीनबहादुर हमालले जानकारी दिए ।

ग्रामीण समुदायसम्म निर्धन उत्थान लघु वित्तीय संस्थाले सेवा प्रदान गरिरहँदा धेरैले अनावश्यक झन्झट बेहोर्न नपरेको हमालले बताएका थिए । अहिले निर्धनमार्फत ४ लाख दिदीबहिनीहरूले ग्रामिणस्तरमै सेवा पाइरहेको उनले दाबी गरे । बचत गर्न सिकाउने, कर्जा लिन सिकाउने, व्यवसाय गर्न सिकाउने काम निर्धन उत्थानमार्फत भइरहेको र यसतर्फ ग्रामीण महिलाहरूको आर्कषण थप बढेको खजुरा शाखा प्रबन्धक पुष्पाकुमारी सुवेदीले बताइन् ।

स्थानीय महिलाहरूमा वित्तीय पैसा कसरी सञ्चालन गर्ने भन्ने ज्ञान नहुँदा समस्या हुने गरेको भएपनि बेला बखतमा यसरी तालिमको आयोजना गरि बुझाउने काम गरिएको खजुरा शाखा प्रबन्धक सुवेदीले जनाइन् । ‘वित्तीय साक्षरता सिकाउने आवश्यकता महसुस भएर यस किसिमको कार्यक्रम गरिएको हो’ शाखा प्रबन्धक सुवेदीले भनिन् । हातमा पैसा दिएर मात्र प्रगति नहुने देखिएकाले यसको सही सदुपयोग गर्न सिकाउने माध्यम वित्तीय साक्षरता कार्यक्रम हुने अपेक्षा गरिएको सुवेदीको भनाइ छ । हाल अहिले कोहलपुर क्षेत्रीय कार्यालय अन्तर्गत ५५ हजार सदस्य रहेका छन् ।

संस्थाले सदस्यहरूले कर्जा लिँदा गरिएको बिमाले गर्दा सदस्यको वा हकवालाको निधन हुँदा बिमा वापतको क्षतिपूर्ति र काजक्रिया खर्च अनुरूप सदस्यको परिवारमा रकम हस्तान्तरण गरिएको थियो । जसमा रामकुमार थारूलाई ७ लाख ९१ हजार २ सय ९२ रूपैयाँ, पार्वती सार्कीलाई काजक्रियावापत ३० हजार र आरती थापामगरलाई १३ हजार रूपैयाँ काजक्रिया वापतको रकम हस्तान्तरण गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ७ गते बुधबार