बाँके ।
बाँकेको जानकी गाउँपालिकाले पालिकाको पन्चवर्षीय गाउँ शिक्षा योजना निर्माण कार्यशाला गरेको छ । सोमबार शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शिक्षा योजना निर्माण कार्यशाला सम्पन्न भएको हो ।
शिक्षामा पहँुच, गुणस्तर र संस्थागत क्षमता विकासको लागी पाँच वर्षीय गाउँ शिक्षा योजना मस्यौदा माथी छलफल तथा सुझाव संकलन गरि शैक्षिक सुधार गर्ने उद्देश्यका साथ कार्यशाला गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्णाकुमारी भन्डारीले बताइन् । पन्चवर्षीय गाउँ शिक्षा योजना निर्माण कार्यशाला कार्यक्रममा सहजकर्ता जगत बमले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सामाजिक विकास समितिका संयोजक रामआचल धोवीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विक, वडा अध्यक्षहरू चन्द्रिकाप्रसाद गुप्ता, जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्य कान्ती कान्दु र लेखा शाखा प्रमुख मतिन अहम्मद अन्सारीको उपस्थिती रहेको थियो ।
यस्तै कार्यशालामा योजना शाखाकी प्रमुख शोभा पौडेल, स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना, न्यायिक शाखा प्रमुख जितबहादुर श्रेष्ठ, सूचना शाखाका प्रमुख विकास जिसी, शिक्षा युवा तथा खेलकुद शाखाकी झुमीकुमारी ओली, विद्यालयका प्रअहरू, वि व्यवस्थापन समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्