कोहलपुर ।
बाँकेको कोहलपुरमा ७औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८१ यु–१९ छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । फागुन ७ गतेदेखि १३ गतेसम्म कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
सोमबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा कोहलपुर नगरपालिकाका १८ वटा विद्यालयले सहभागिता जनाउने जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा बोल्दै कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले महिला क्रिकेटरहरू उत्पादनका लागि प्रतियोगिता उपयोगी हुने दाबी गरिन् ।
महिला क्रिकेटरको उर्वर भूमिका रूपमा चिनिएको बाँकेमा विगतदेखि प्रतियोगिता सञ्चालन हुँदै आएको उनले जानकारी दिइन् । अहिले पनि महिलाहरू पछि परेकाले महिला क्रिकेटरहरूको उत्पादन र प्रोत्साहनको लागि प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने उनले अपेक्षा व्यक्त गरिन् ।
प्रतियोगितामा सामुदायिक र संस्थागत गरी कोहलपुर नगरभित्रका १८ विद्यालयको सहभागिता जनाउने कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमालाले बताए । यस वर्ष कोहलपुरका १७ र एक नेपालगन्जको विद्यालयले पनि सहभागी जनाउने उनले जानकारी दिए ।
कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापनमा ७औँ उपमेयर यु–१९ छात्रा क्रिकेट प्रतियोगिता भव्य र सभ्य रूपमा सञ्चालन हुने अध्यक्ष चिमालाले दाबी गरे ।
प्रतियोगिताको प्रथम पुरस्कार ३५ हजार र २५ हजार बराबरको क्रिकेट किट, दोस्रो पुरस्कार २० हजार र १५ हजार बराबरको त्रिकेट किट रहेको छ । उत्कृष्ट ५ जना खेलाडिलाई क्रिकेट एकेडेमीमा निःशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ । यस्तै प्यलेर अफद सिरिज ७ हजार ५ सय, बेष्ट बेटर ५ हजार, बेष्ट बलर ५ हजार र एक पिस क्रिकेट सुज र उदीयमान एक जना खेलाडीलाई एक पिस क्रिकेट सुज पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्