धनगढी ।
नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताका लागि धनगढी एफसीको सहायक प्रशिक्षकमा भिष्म भाट नियुक्त भएका छन् ।
सहायक प्रशिक्षक भाट र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सहायक प्रशिक्षकमा नियुक्त भएपछि भाटले आफ्नै शहरको टिममा काम गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले टोलीलाई उत्कृष्ट नतिजा दिलाउन आफ्नो तर्फबाट पूरा कोसिस गर्ने दाबी गरे ।
यस्तै, धनगढी एफसीले देवेन्द्र तामाङ, रामचन्द्र वाझी र रन्दीप पौडेललाई रिटेन गरेको छ । देवेन्द्रलाई ‘ए’ क्याटोगोरी र रामचन्द्र तथा रन्दीपलाई ‘बी’ क्याटोबारीमा रिटेन गरेको हो । देवेन्द्र गत सिजन धनगढी एफसीको कप्तानसमेत रहिसकेका छन् । तीनजना खेलाडीलाई रिटेन गर्न पाउने नियमअनुसार उनीहरूलाई रिटेन गरेको धनगढी एफसीले जनाएको छ ।
धनगढीले यसअघि नै कृतिशरत्न छुन्जुलाई मार्की प्लेयर नियुक्त गरेको थियो । क्लबले आइतबार २१ वर्षीय युवा अट्याकिङ मिडफिल्डरलाई मार्की बनाएको थियो । छुन्जुले यसअघि बुटबल लुम्बिनी एफसीबाट एनएसएल खेलेका थिए । पहिलो संस्करणको फाइनलमा धनगढी काठमाडौँ रेजर्ससँग पराजित भएको थियो । यस्तै, गत संस्करणको फाइनलमा ललितपुर सिटीसँग स्तब्ध हुँदै उपाधि जित्न वञ्चित भयो । तेस्रो संस्करणको एनएसएल अक्सन फागुन १० गते हुँदैछ । लिगमा धनगढीसहित सात टोलीको सहभागिता हुनेछ ।
प्रतिक्रिया दिनुहोस्