सीतापुरमा रेडक्रस बाँकेको ४३औँ साधारण सभा सम्पन्न



खजुरा (बाँके) ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेको ३४औँ जिल्ला बार्षिक साधारण सभा खजुराको सीतापुरमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी सीतापुर उपशाखा खजुराको आतिथ्यमा सोमबार बार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा बोल्दै खजुरा गाउँपालिका प्रमुख डम्बरबहादुर विक तुफानले जिल्लामा रेडक्रसका गतिविधि र सक्रियताले थुप्रै संकटको समयमा पनि सहज रूपमा सेवा प्रदान गर्न सफल भएको भन्दै यसको निरन्तरताको लागि आवश्यक पहल जरुरी रहेको बताए ।

उनले रेडक्रस उपशाखाका गतिविधिले पालिकाको काममा समेत मद्दत पुगेको समेत बताएका थिए । उनले रेडक्रसको सहकार्यमा विपद् व्यवस्थापन र रक्तसञ्चार सेवा इकाई सञ्चालनमा पालिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गरे । पालिका उपाध्यक्ष मन्जु मल्लले समुदायमा सेवाका गतिविधिहरू प्रशंसनीय रहेको बताइन् । उनले स्थानीय तहमा रहेका हरेक शाखालाई विपत प्रतिकार्यका गतिविधिमा सहयोग पु¥याउने हेतुले क्षमता विकास गर्न विशेष ध्यान दिन आवश्यक रहेकोमा जोड दिइन् ।

रेडक्रस जिल्ला शाखा बाँकेका मन्त्री अजीज अहमद सिद्दिकीले साधारण सभामा प्रस्तुत गरेको प्रतिवेदन अनुसार गत आव २०८०÷०८१ अवधिमा विभिन्न क्षेत्रमा गरी जम्मा ६ लाख ३५ हजार ७ सय ५२ जना व्यक्तिहरू प्रत्यक्ष लाभान्वित भएका थिए ।

जसमा संगठन विकासमा ३ हजार १ सय ६०, विपद् व्यवस्थापनबाट ५ लाख ३७ हजार ४ सय ३४, स्वास्थ्य सेवा गतिविधि अन्तर्गत ५६ हजार ३ सय ६५, सञ्चार तथा मानवीय मूल्य प्रवद्र्धनबाट २३ हजार ८ सय ७, जूनियर तथा युवा रेडक्रस गतिविधिमा १४ हजार ७ सय ७२ र सामुदायिक विकास बाट २१४ जना प्रत्यक्ष लाभान्वित भएका हुन् ।

रेडक्रस बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले समुदाय स्तरमा रेडक्रसबाट प्रवाह गर्नुपर्ने सबै प्रकारका मानवीय सेवाहरू जिल्ला शाखाले उपशाखाहरूमार्पmत जिल्लाभर प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको कुरा उल्लेख गर्दै सरकारको सहयोगी निकायको हैसियतमा सबै सरोकारवालाहरूसँग समन्वय गर्दै सेवा प्रवाह गरिरहेको बताए ।

उत्कृट सेवा पुरस्कार खजुरा उपशाखालाई 

सभामा वर्षभरी १७ उपशाखामध्ये उत्कृष्ट सेवा गरेवापत बार्षिक कार्यसम्पादन मूल्यांकनको आधारमा नेरेसो खजुरा उपशाखालाई उत्कृट सेवा पुरस्कार प्रदान गरिएको थियो । यसैगरी जुनियर तथा युवा गतिविधि अन्र्तगत युवा रेडक्रस सर्कल सिद्देश्वर माध्यमिक विद्यालय, सिधनवालाई उत्कृष्ट सर्कल र सोही विद्यालयका शिक्षकनायक दिर्घराज बजगाईलाई उत्कृष्ट शिक्षक नायक घोषणा गरी नगद पुरस्कारसहित सम्मान गरिएकोे थियो ।

नेरेसो सीतापुर उपशाखाका सभापति यमनारायण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष धनराम ओली, पूर्व संघीय सांसद नन्दलाल रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, नेरेसो बाँकेका सभापति गोवर्धन सिंह सम्झना, उपसभापति शान्ति श्रेष्ठ, कोहलपुर उपशाखाका सभापति सञ्जय पन्त लगायतले बोलेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ६ गते मंगलबार