हुम्ला ।
हुम्लामा रहेको संग्रहालय भवन जीर्ण बन्दै गएको छ । २०६८-०६९ मा साविक जिल्ला विकास समिति हुम्लाले स्थापना गरेको संग्रहालय भवन संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो ।
२०७२ सालमा सिमकोट विमानस्थल गेट बाहिर राखिएको संग्रहालयमा जिल्लामा पाइने स्थानीय उत्पादन, स्थानीय पोसाक र पर्यटन झल्काउने जिल्लाका तस्बिरहरू छन् । तर सरोकारवाला निकायको बेवस्तापछि संग्रहालयमाल रहेका सामाग्रीहरू पनि अलपत्र छन् ।
सिमकोट गाउँपालिकामा कर्यरत लेखापाल विशाल बोहराका अनुसार संग्रहालयमा हुम्लामा पाइने कृषि औजारका सामान हलो, जुवा, जोतारो, मुदुस, कोदो चुट्ने ग्याबरी, स्थानीय पोसाकहरू राखिएका छन् । हुम्लाका विभित्र समुदायका पहिचान झल्किने पोसाक, पर्यटकीय स्थलको तस्बिरलगायत राखिएका थिए । यो संग्रहालय जिल्ला समन्वयन समितिको संरक्षणमा रहेको छ । तर समितिले संरक्षणमा ध्यान दिएको छैन ।
संग्रहालय रेखदेखमा खटाइएका धनराशी रोकायाले कृषि औजार थुमा, काठ दुम्च्या, मुसल, हलो, जुवा, रातो बोखु र पटुकी, धोँती, चोलो, सुपो लगातका सामान संग्रहालयमा रहेको बताए । यता जिल्ला समन्वय समिति हुम्लाका अनुसार संग्रहालय आर्थिक अभावले अलपत्र परेको हो । संघ तथा प्रदेश सरकारले आर्थिक व्यवस्थापन नगरेपछि व्यवस्थापन गर्न नसकिएको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले जानकारी दिए ।
अब समन्वय समितिले संरक्षण गर्न नसक्ने भएपछि सिमकोट गाउँपालिकासँग समन्वय गरी हस्तान्तरणको पहल भइरहेको उनले बताए । जिल्ला समन्वय समितिले हस्तान्तरण गरेपछि संग्रहालयको संरक्षण गर्न तयार रहेको सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकाया बताउँछन् । संग्रहालय र त्यहाँ राखिएका सामाग्रीको संरक्षण गर्दै थप प्रर्वदनका लागि पहल थाल्ने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्