कैलाली, मानवसेवा आश्रमले सुदूरपश्चिमका ४ जना प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरेको छ । आइतबार महायज्ञको अवसरमा सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूको कार्यको उच्च मूल्यांकन गर्दै आश्रमले प्रमाण–पत्र खादा रूद्राक्ष मालासहित सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा सुदूरपश्चिम प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रमा जोखिमपूर्ण साइकल यात्रा गरी आन्तरिक पर्यटन प्रवद्धर्नमा टेवा पु¥याएका गोदावरी नगरपालिका–८ मझगाउँ निवासी भरतविक्रम शाह, १०८ पटक रक्तदान गरी मानव जीवन रक्षार्थ पु¥याएको योगदानको कदर गर्दै धनगढी उपहानगरपालिका–५ निवासी दीपकप्रसाद उपाध्यायलाई सम्मान गरेको हो ।
त्यस्तै,सुदूरपश्चिम प्रदेशको समग्र शिक्षा क्षेत्रको विकासमा पु¥याएको योगदानको उच्च मूल्याङ्न गर्दै सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्टार तथा शिक्षाविद् धनगढी उपहानगरपालिका–५ निवासी प्रा.डा.हेमराज पन्त र धनगढी उपमहानगरपालिका–५ निवासी ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टलाई समेत सम्मान गरिएको छ ।
भट्टले सुदूरपश्चिम प्रदेशको शिक्षा क्षेत्र र समग्र विकासमा पु¥याएको योगदानका लागि सम्मान प्रदान गरिएको आश्रमले जनाएको छ । सुदूरपश्चिम प्रदेशका मूर्धन्य व्यक्तित्वहरूलाई आश्रमले सम्मान गर्न पाउनु गर्वको कुरा रहेको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।
मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो । माघ २३ गतेदेखि धनगढीको पशुपति टोलमा सुरू भएको महायज्ञ (सुदूरपश्चिम महोत्सव हुने) ३० गतेसम्म सञ्चालन हुनेछ भने मानवसेवा आश्रमले कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो ।









प्रतिक्रिया दिनुहोस्