बर्दिया चितुवाको आक्रमणबाट महिलाको मृत्यु



बर्दिया ।

बर्दियाको मधुवनमा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नम्बर ७ की ५१ वर्षीया जुनाकुमारी लामिछानेको शुक्रबार चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) ऋषिराम घर्ती मगरले दिएको जानकारी अनुसार लामिछानेलाई घरनजिकै नेपाल–भारत सीमाना क्षेत्रमा बाख्रा चराउँदै गर्दा चितुवाले आक्रमण गरेको थियो ।

लामिछानेलाई स्थानीयले उद्दार गरेर बर्दिया जिल्ला अस्पताल गुलरिया पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । स्थानीयले प्रहरीलाई दिउँसो साढे १ बजेतिर मात्रै खबर गरेको डीएसपी घर्ती मगरले जानकारी दिए ।

चितुवाले आक्रमण गरेको देखेपछि स्थानीयले होहल्ला गरेका थिए । त्यसपछि चितुवा भागेको प्रहरीले जनाएको छ । बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुभाष पाण्डेयले अस्पताल नपु¥याउँदै लामिछानेको मृत्यु भएको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २६ गते शनिबार