दाङ ।
लुम्बिनी प्रदेश सभा बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको छ । लुम्बिनी प्रदेश सभाले प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेको हो ।
सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका हुन् ।
लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको नवौँ अधिवेशन आगामी फागुन ५ गते बस्दैछ । ५ गते बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको लुम्बिनी प्रदेश सभाले जनाएको छ ।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको जनाइएको छ । फागुन ५ गते प्रदेश सभाको बैठकलाई विशेष सम्बोधनपछि घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने र ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्