नेपालगन्जमा हिरोका दुई ‘एक्स्ट्रिम’ बाइक सार्वजनिक



नेपालगन्ज ।

नेपालगन्जमा हिरो मोटोकर्पका नयाँ उत्पादन एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरिएको छ । नेपालगन्जका लागि हिरोको आधिकारिक बिक्रेता एमएस टे«ड इन्टरनेश्नलले नेपालगन्जको न्यूरोडमा एक औपचारिक र साँगितिक कार्यक्रमका बीच मोटरसाइकल सार्वजनिक गरेको हो ।

कार्यक्रममा नाडा अटोमाइल्स एसोसिएसन बाँकेका अध्यक्ष नरेन्द्र ओली, उपाध्यक्ष रविन्सन श्रेष्ठ, एमएस टे«ड इन्टरनेश्नलका डाइरेक्टर चण्डीप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं र एमएस टे«ड इन्टरनेश्नलका सन्चालक माधव अर्याललगायले मोटरसाइकल अनावरण गरेका थिए ।

त्यसअघि दुवै मोटरसाइकलको राइड ¥याली पनि गरिएको थियो । कार्यक्रममा मोटरसाइकल बुक गरेका क्रेताहरूलाई चाबी हस्तान्तरण पनि गरियो । कार्यक्रममा चर्चित गायक निशान भट्टराईलगायतका कलाकारले गायन तथा नृत्यको प्रस्तुतिसमेत दिएका थिए ।

एक्स्ट्रिम रेंजका नयाँ मोटरसाइकलले नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पूरा गर्ने उद्देश्य लिइएको कार्यक्रममा जानकारी दिइएको छ । कार्यक्रममा सहभागी राइडरहरूले पनि बाइकको ग्राफिक्स लुक, पिकअप र माइलेज उत्कृष्ट रहेको बताएका थिए ।

एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार नौ सय रूपैयाँ र एक्स्ट्रिम १२५ आरको मूल्य एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार नौ सय रूपैयाँ रहेको पनि जानकारी दिइएको छ ।

माोटरसाइकल सार्वजकि गर्न आयोजित कार्यक्रममा बोल्दै एमएस टे«ड इन्टरनेश्नलका सन्चालक अर्यालले दुबै मोटरसाइकलले बाइकका पारखीहरूलाई सन्तुष्ट प्रदान गर्ने विश्वास गरिएको बताए । उनले नेपालगन्जमा लन्चअघि नै बाइक बुकिङ हुनुले आफूहरूलाई उत्साहित बनाएको बताए ।

यस्ता छन् एक्स्ट्रिमका विशेषताहरू

एक्स्ट्रिम १६० आर फोरभीले १६३ सीसी ४–भल्भ बीएस–भीआई इन्जिन प्रदान गर्ने कम्पनीले जनाएको छ । यसले आठ हजार पाँच सय आरपीएममा १६ दशमलव नौ पीएस पावर र ६ हजार पाँच सय आरपीएममा १४ दशमलव ६ एनएम टर्क उत्पादन गर्ने कम्पनीको भनाइ छ ।
यसैगरी उक्त मोटरसाइकलले मात्र ४ दशमलव ४१ सेकेन्डमा ० देखि ६० कि.मी. प्रति घण्टाको गति समात्न सक्ने उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको दाबी छ । कम्पनीले यसलाई आफ्नो श्रेणीकै सबैभन्दा तीव्र गतिको मोटरसाइकल भनेको छ ।

केवल १४५ किलो तौल भएको यो मोटरसाइकलले ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्ने जनाइएको छ । यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले सहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्दछ ।

एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल, र हगर फेन्डर पनि उपलब्ध रहेको छ । यसमा सिंगल वा स्प्लिट सिटको विकल्प उपलब्ध छ ।

साथै, आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्रा अझ सहज हुनेछ ।

प्रविधिको दृष्टिले, यसमा फुल–एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटीसहितको इन्भर्टेड स्पीडोमिटर, गियर पोजिशन इन्डिकेटर, र कल, एसएमएस अलर्ट लगायत सुविधाहरू पनि उपलब्ध गरिएको छ । यी सुविधाहरूले राइड अनुभवलाई थप सहज र आधुनिक बनाउने कम्पनीको दाबी छ ।

एक्स्ट्रिम १२५ आरले १२५ सीसी सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापना गर्दै शक्तिशाली स्प्रिन्ट इन्जिन प्रदान गर्ने, ११ दशमलव ४ बीएचपी पावर उत्पादन गर्दै, ५.९ सेकेन्डमा ० देखि ६० कि.मी प्रतिघण्टाको गति समात्न सक्ने कम्पनीले जनाएको छ ।

एक्स्ट्रिम १२५ आरको मस्कुलर र शार्प डिजाइन अन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल, र सिग्नेचर एलईडी टेल लाइट समावेश गरिएको छ । सेगमेन्टमै पहिलो पटक स्पोर्टी मफ्लर, ह्वील कभर, र नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचरहरूले यसलाई प्रविधिमैत्री र आकर्षक बनाएको छ ।

यस मोडेलमा दिइएको डायमन्ड फ्रेमले उत्कृष्ट ह्यान्डलिङको सुनिश्चितता प्रदान गर्ने, १२०-८० रियर टायर, ३७ एमएम फ्रन्ट सस्पेन्सन, र ७–स्टेप एडजस्टेबल मोनो–शकले स्थिरता र आरामदायी यात्रा प्रदान गर्ने कम्पनीको भनाइ छ । सुरक्षाका लागि, यसमा सिंगल च्यानल एबीएस, २७६ एमएम फ्रन्ट डिस्क ब्रेक, र हाजार्ड लाइट जस्ता सुविधाहरू समावेश गरिएका छन् ।

फायरस्टोर्म रेड, कोबाल्ट ब्लु, र स्टालियन ब्ल्याक जस्ता आकर्षक रङका विकल्पहरूमा उपलब्ध एक्स्ट्रिम १२५ आरले उत्कृष्ट प्रदर्शन, अत्याधुनिक विशेषताहरू र उच्च सुरक्षाका साथ नेपालका नयाँ पुस्ताका राइडरहरूको ध्यानाकर्षण गर्नेमा विश्वस्त रहेको कम्पनीको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रबार