बाँसगढी– ५ ले दियो विपन्न ज्येष्ठ नागरिकलाई न्यानो कम्बल



बाँसगढी ।

बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ५ मा विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ । जाडो बढ्दै गएपछि बाँसगढी नगरपालिकाले प्रत्येक वडालाई पठाएको कम्बल वडाले वितरण गरेको हो ।

वडा नम्बर ५ का विपन्न वर्गका २७ जना ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको वडाध्यक्ष दहवा थारूले जानकारी दिए ।

‘हामीलाई नगरपालिकाबाट २७ थान कम्बर प्राप्त भएका थिए,’ अध्यक्ष थारूले भने, ‘टोल विकास संस्थाको सिफारिसका आधारमा वडा समितिको बैठक बसेर विपन्न ज्येष्ठ नागरिकहरू वितरण गरेका हौँ ।’

चिसोमा न्यानो कम्बल पाएर ज्येष्ठ नागरिक खुसी भएका थिए । माघ लागेपछि तराईका बाँके, बर्दियालगायतका जिल्लामा चिसो निकै बढेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १० गते बिहीबार