कोहलपुर ।
दोस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारबाट सञ्चालन हुने भएको छ । कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिघा खेल मैदानमा ११ गतेदेखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगिताका लागि आवश्यक तयारी तीव्र रूपमा भइरहेको प्याब्सन नगर अध्यक्ष रमेश केसीले जानकारी दिए । अहिले सचिवालय स्थापना गरेर विद्यालयहरूको फाइल रुजु गर्ने काम भइरहेको उनले बताए ।
प्रतियोगिताका लागि खेलमैदान भने तयारी अवस्थामा रहेको उनको भनाइ छ । रनिङ शिल्ड खेलकुद प्रतियोगितामा २८ वटा विद्यालय सहभागी हुने उनले मिसन टुडेलाई जानकारी दिए । माध्यमिक तहतर्फ १८ वटा विद्यालय र आधारभूततर्फ १० वटा विद्यालय रहेको उनले बताए ।
‘विद्यालयहरूको रुजु गर्ने काम भइरहेको छ,’ अध्यक्ष केसीले भने, ‘२८ विद्यालयहरू सहभागी हुने आँकलन रहेको छ ।’ यस सम्बन्धमा आज २ बजे पत्रकार सम्मेलन हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्