कोहलपुर ।
नेपाल रेडक्रस सोसाइटी कोहलपुर उप–शाखाको सभापतिमा सञ्जयकुमार पन्त निर्विरोध निर्वाचित भएका छन् । सोमबार भएको शाखाको छैटौँ अधिवेशनबाट सभापतिमा पन्तलगायत सबै पदाधिकारी तथा सदस्य निर्विरोध चयन भएका हुन् ।
उप–शाखाको, उप–सभापतिमा पवित्र ढकाल, सचिवमा ठाकुर भुसाल, कोषाध्यक्ष नारायण सिग्देल, उप–सचिव रुद्रमणि न्यौपाने र उप–कोषाध्यक्ष मोतीप्रसाद भुसाल निर्वाचित भएका छन् ।
महिला सदस्यमा प्रेमा शाही, सदस्यमा भोलानाथ शर्मा, देवसिंह राना, छविलाल पाण्डे र हेमकुमार पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वतमान सभापति दिनेश सिग्देलका अनुसार सबैको सहमतिमा निर्विरोध नेतृत्व चयन गरिएको हो । नयाँ नेतृत्वलाई सोमबार नै पद हस्तान्तरण गरिएको उनले मिसन टुडेलाई जानकारी दिए ।
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार
प्रतिक्रिया दिनुहोस्