काठमाडौँ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ११९औँ बोर्ड बैठक बिहीबार सम्पन्न भएको छ । बैठकले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गर्दै उपयुक्त समयमा सार्वजनिक गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले नेपाल ओलम्पिक कमिटीको चुनाव र साधारण सभा अवैध भएको ठहर गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णय गरेको हो ।
साथै ओलम्पिक कमिटीको चुनाव तथा साधारण सभामा सहभागी राष्ट्रिय खेल संघले राखेपसमक्ष पेश गरेको स्पष्टिकरण उचित कारण र आधारबिना पेश गरेका संघका लागि थप आवश्यक प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बताए ।
प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्