बाँकेका पालिकामा प्रेस सेन्टरको नयाँ नेतृत्व



कोहलपुर (बाँके) ।

बाँकेका पाँच पालिकामा प्रेस सेन्टर नेपालको पालिका अधिवेशन सम्पन्न भएका छन् । जिल्लाका आठमध्ये पाँच पालिकामा एकैसाथ पालिका अधिवेशन सम्पन्न भएका हुन् । ती पालिकामा नयाँ नेतृत्वसमेत चयन गरिएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष राजेश आचार्यका अनुसार पाँचवटै पालिकामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको हो ।

जसमध्ये नेपालगन्ज उप–महानगरपालिकामा असरद अलि रंगरेजको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । जसको उपाध्यक्षमा सविता चन्द, सचिवमा समीर अली बेहना, सह–सचिवमा गणेश सिम्खडा र कोषाध्यक्षमा शेरबहादुर बोहोरा चयन भएका छन् । यस्तै, सदस्यहरूमा लक्ष्मीनारायण चौधरी, तीला खम्ब, जुना रावत, भैरव कार्की, दानबहादुर विक र स्मृति कार्की रहेका छन् ।

यस्तै, प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको दोस्रो नगर सम्मेलनबाट निरज सिंहको अध्यक्षतामा ११ सदस्यीय नगर कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा प्रमिला विश्वकर्मा, सचिवमा शान्ति सुनार, सह–सचिवमा राजकुमार सञ्ज्याल र कोषाध्यक्षमा मनवीर परियार तथा सदस्यहरूमा मीना रावल, प्रतिभा शाही, दिलीप बाठा, सूर्य तिवारी र दिपेन्द्र खड्का चयन भएका छन् ।

प्रेस सेन्टर नेपाल खजुरा शाखाको दोस्रो अधिवेशनबाट दीपक कुँवरको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ । उपाध्यक्षमा प्रवीण नेपाली, सचिवमा मीनाकुमारी खत्री, सह–सचिवमा रोहन कुमाल, कोषाध्यक्षमा मन्जु विक र सदस्यहरूमा भावना खड्का, जीतलाल थारू, मीना शर्मा, गोविन्द नेपाली, हेलन विक र विपना रोकाय रहेका छन् ।

यसैगरी, डुडुवा शाखाको अध्यक्षमा कालु गिरी, उपाध्यक्षमा दीपशिखा दाहाल ‐विष्ट), सचिवमा रतनबहादुर चलाउने, सह–सचिवमा जमिल खाँ र कोषाध्यक्षमा फहिमुद्दिन र सदस्यहरूमा समिर विक, नन्दा खड्का, अञ्जली गिरी, अनुस्का बिसी, भिकु बरही रमेशकुमार मौर्य र प्रेमलाल हरिजन चयन भएका हुन् ।

प्रेस सेन्टर नेपाल जानकी गाउँपालिका बाँकेको प्रथम सम्मेलन सम्पन्न भएको छ । जानकी शाखाको अध्यक्षमा समिर शेष, उपाध्यक्षद्वय सुष्मा काँदु र गोविन्द कुर्मी, सचिवमा मनोजकुमार तमोली, सह–सचिवमा महेश यादव, कोषाध्यक्षमा राजेश धोबीका साथै सदस्यहरूमा उमेशकुमार धोबी, कृष्ण बढही, बिजय कादुँ, इस्लाम भाट, अर्जुन, अजित यादव र सञ्जय पासी रहेका छन् ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले राप्ती सोनारी, बैजनाथ र नरैनापुरमा पुस २३ गते ‐आज) अधिवेशन हुने जनाएको छ । जिल्ला अधिवेशन भने पुस २४ गते हुुँदै छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २३ गते मंगलबार