खप्तड इट्टा उद्योगका सञ्चालक दिपेन्द्र श्रेष्ठले भने, ‘मन्त्रालयले पुससम्म इट्टा उत्पादन नगर्न भनी पत्र पठाएको छ भन्ने जानकारीमा छ । तर, पत्र फेला परेको छैन ।’ उनले राज्यको नीतिको सबैले पालना गर्नुपर्ने बताउँदै ‘तर, मन्त्रालयले समयमा नै खबर गर्न जरुरी थियो । इट्टा उद्योगले तयारी गरेर आगो लगाइसकेपछि मन्त्रालयबाट त्यस्तो उर्दी आयो । हाम्रो करोडौँ लगानी भइसकेको हुन सक्छ । आगो निभाउँदा करोडौँ घाटा हुन्छ । तर, समयमै जानकारी नआउनाले अन्योल सिर्जना गरेको हो ।’

शेरबहादुर ऐर । कैलाली ।
गत मंसिरमा वातावरण विभागले देशभरि नै इट्टा उद्योगलाई पुस मसान्तसम्म उत्पादनमा प्रतिबन्ध लगायो । वातावरण प्रदूषणमा असर पार्ने भन्दै विभागले उत्पादनमा प्रतिबन्ध लगाउन देशभरि नै पत्राचार गरे पनि सो परिपत्रको पालना हुन सकेको छैन । धनगढी उपमहानगरपालिका–१२ मा रहेको खप्तड इट्टा उद्योगले मंसिर ११ गतेदेखि उत्पादन सुरु गरेको जनाएको छ ।
उद्योगका सञ्चालक दिपेन्द्र श्रेष्ठले मौसमअनुकूल भएका कारण आफूहरूले मंसिरदेखि नै इट्टा उत्पादन गरिरहेको स्वीकार गरे । उनले भने, ‘मन्त्रालयले पुससम्म इट्टा उत्पादन नगर्न भनी पत्र पठाएको छ भन्ने जानकारीमा छ । तर, पत्र फेला परेको छैन ।’
उनले राज्यको नीतिको सबैले पालना गर्नुपर्ने बताउँदै ‘तर, मन्त्रालयले समयमा नै खबर गर्न जरुरी थियो । इट्टा उद्योगले तयारी गरेर आगो लगाइसकेपछि मन्त्रालयबाट त्यस्तो उर्दी आयो । हाम्रो करोडौँ लगानी भइसकेको हुन सक्छ । आगो निभाउँदा करोडौँ घाटा हुन्छ । तर, समयमै जानकारी नआउनाले अन्योल सिर्जना गरेको हो ।’
खप्तडमात्र नभई कैलाली कन्चनपुरका अधिकांश इट्टा उद्योगले सो परिपत्रको पालना नगरी इट्टा उत्पादन गरिरहेका छन् । त्यसको अनुगमन तथा नियमन कसले गर्ने भन्नेमा प्रदेश मन्त्रालय तथा मातहतका निकाय र स्थानीय तहहरू पन्छिरहेका छन् । इट्टा उद्योगलाई बोधार्थ पत्र पठाएको प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमातहत रहेको घरेलु तथा साना उद्योग कार्यालयले पत्र पठाएपछि सो अनुगमन नभएको जनाएको छ ।
कार्यालयका प्रमुख मोहनराज जोशीले भने, ‘विभागको पत्र हामीले इट्टा व्यवसायीहरूलाई पठाइदिएका हाँै । उनीहरूले उत्पादन तथा बिक्री गरिरहेकोबारे हामीले अनुगमन तथा निरीक्षण गरेका छैनौँ । सो हाम्रो दायित्व पनि होइन ।’ कैलाली कन्चनपुरमा झण्डै ६० देखि ७० वटा इट्टा उद्योग रहेका छन् ।
वातावरण प्रदूषणमा कमी ल्याउन स्थानीय तहको पनि प्रमुख भूमिका रहने गरेको छ । तर, आपूmहरूले विभागबाट सो परिपत्र प्राप्त नगरेको भन्दै धनगढी उपमहानगरपालिका पन्छिएको छ ।
उपमहानगरपालिकाका सरसफाइ तथा वातावरण महाशाखाका प्रमुख अशोक अवस्थीले भने, ‘तुवाँलो लागेको छैन । हावामा त्यति प्रभाव देखिएको छैन । अहिले इट्टा भट्टालाई पूर्णतया दोष दिन हुँदैन । कुहिरो लागेर हुस्सु एक तहमाथि भयो भने खतरा हुन्छ ।’ उनले तापमान उल्टो भयो भने धुवाँ धुलो उत्पादन गर्ने सवारी साधन, उद्योग कलकारखानाको उत्पादनमा प्रतिबन्ध लगाउनुपर्ने अवस्था आउने बताउँदै अहिले वातावरण प्रदूषणमा गम्भीर असर पर्ने अवस्था नभएको जनाए ।
नेपाल वायु गुणस्तरस्थिति प्रतिवेदन २०२३ अनुसार कैलाली र कन्चनपुरमा नोभेम्बर, डिसेम्बर र जनवरीमा वातावरण प्रदूषण वृद्धि हुने गरेको छ । उद्योग, कलकारखाना तथा सवारीसाधनबाट उत्सर्जित धुवाँधुलोका कारण वातावरणमा असर पर्ने गरेको उल्लेख छ ।
वातावरण विभागमातहत रहेको वायु गुणस्तर अनुगमन शाखाका अनुसार पछिल्लो समय वायु प्रदूषण धनगढीसहित कैलाली र कन्चनपुरमा बढ्दै गएको छ । सो शाखाका अनुसार धनगढीमा एक सातायता वायु गुणस्तर अनुक्रमणिका (एक्युआई) अस्वस्थ रहेको देखाइन्छ । मंगलबार धनगढीको एक्युआई १ सय ९१ सम्म पुगेको थियो ।
बर्सेनि घाटामा जाँदै इट्टा उद्योग
समयमै इट्टा उत्पादन नहुनु, बिक्री नहुनु तथा उत्पादन समयमा अचानक पानी पर्नुका कारण इट्टा व्यवसायीहरूले बर्सेनि घाटा व्यहोरिरहेका छन् । तर पनि, इट्टा व्यवसायीहरूले इट्टा उत्पादन जारी राखेको व्यवसायीहरू बताउँछन् ।
इट्टा व्यवसायी दिपेन्द्र श्रेष्ठले अहिले धनगढीसहित कैलाली कन्चनपुरमा घर बन्ने क्रममा कमी आउँदा व्यवसायीहरू मारमा परिरहेको बताए । ‘इट्टा अहिले घर बनाउँदा मात्र माग भइरहेका छन् । सरकारले बनाउने सडक, कल्भर्टलगायतका संरचनामा अहिले नयाँ प्रविधिका निर्माण सामग्री प्रयोग भइरहेका छन्,’ उनले भने, ‘अहिले घर निर्माणमा कमी आएपछि इट्टा व्यवसायीहरूले घाटामा खाएर पनि इट्टा बिक्री गर्नुपर्ने अवस्था रहेको छ ।’
उनका अनुसार बजारमा अहिले प्रतिइट्टाको मूल्य भ्याटसहित ११ रुपैयाँ भए पनि व्यवसायीहरूले ८ देखि १० रुपैयाँमा समेत बिक्री गर्दै आइरहेका छन् । गत वर्ष मंसिरमा व्यवसायीहरूले इट्टा उत्पादन गर्ने तयारी गर्दा हिउँदमा भएको वर्षाका कारण करोडौँको क्षति व्यहोर्नुपरेको स्मरण गर्दै उनले भने, ‘यो वर्ष अहिलेसम्म वर्षा त भएको छैन । तर, अचानक वर्षा भए हामीले करोडौँ लगानी गरेको व्यापार घाटामा जान सक्छ ।’
उनले माघपछि इट्टा उत्पादन गर्दा बजारको माग अनुसार अभाव हुने बताए । ‘चार महिनामात्र उत्पादन गर्दा बजारको माग अनुसार इट्टा पु¥याउन सकिँदैन । त्यसकारण पनि हामीले मंसिरबाटै उत्पादन सुरु गरेका छौँ ।’









प्रतिक्रिया दिनुहोस्