नेपालगन्ज ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेको अध्यक्षमा विकास बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । प्याब्सनको १६औँ अधिवेशनबाट अध्यक्षमा यसअघि प्याब्सन नेपालगन्ज नगर अध्यक्ष रहेका बज्राचार्यसहित १६ जनाको कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शरदचन्द्र रावल, उपाध्यक्षमा महेन्द्रराज शर्मा आचार्य, सचिव लक्ष्मणबहादुर सिंह, कोषाध्यक्षमा प्रवीण गिरी, सहसचिव गणेशमान आचार्य र सहकोषाध्यक्षमा नरेन्द्रकुमार झा निर्वाचित भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत विकास आचार्यका अनुसार प्याब्सन बाँकेको पालिका सदस्यहरूमा विराउन शेष (वीर) (डुडुवा), ठगिराम दमाई (बैजनाथ), नवकिरण शाह (कोहलपुर), महेन्द्र बहादुर सेडाई (जानकी), गौरव गिरी (नेपालगन्ज), अब्दुल गफ्फार खाँ (खजुरा) निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी खुला सदस्यमा धर्मसिंह कार्की (सुभाष), ओमप्रकाश चन्द ठकुरी र रामबहादुर जिसी निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा निर्वाचित रावलले पहिले अध्यक्षमा अध्यक्षमा उम्मेदवारी दिएकोमा उनले उम्मेदवारी फिर्ता लिएर वरिष्ठ उपाध्यक्षमा बस्न सहमत भएपछि बज्राचार्य निर्विरोध अध्यक्ष चुनिएका हुन् ।









प्रतिक्रिया दिनुहोस्