खजुरा ।
व्यावसायिक कृषक सञ्जाल नेपालले आफ्ना उद्देश्य अनुरूप बाँकेको खजुरा गाउँपालिकामा पालिकास्तरीय व्यावसायिक कृषक सञ्जाल गठन गरेको छ ।
कृषि उत्पादनबाट नेपाललाई समृद्ध बनाउन किसानका समस्याहरूको पहिचान गर्न, सरोकारवाला निकायबीच समन्वय र पैरवी गर्दै अगाडि बढ्ने क्रममा कृषक सञ्जाल गठन गरिएको सञ्जालका उपाध्यक्ष शारदा शर्माले बताइन् ।
सञ्जालका बाँके अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा राखिएको किसानसँग अन्तक्र्रिया कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक तुफान, उपाध्यक्ष मञ्जु मल्ल, वडा नम्बर २ का अध्यक्ष धनीराम ओली, कृषि शाखा प्रमुख भगवती खड्कासमेत सहभागी थिए । कार्यक्रममा बोल्दै सहभागीहरूले खजुरा गाउँपालिकामा किसानको पक्षमा धेरै निर्णयहरू भएको र स्थानीय सरकार किसानसँग मिलेर काम गर्न तयार भएको प्रतिबद्धता जनाए ।
किसानहरूको भेलाले १३ सदस्यीय पालिकास्तरीय व्यावसायिक कृषक सञ्जाल गठन गरेको छ । जसअनुसार अध्यक्षमा इसरथ अली दर्जी, उपाध्यक्षमा ललिता चौधरी, सचिवमा कमलाकुमारी अर्याल र कोषाध्यक्षमा कृष्णबहादुर थापा रहेका छन् । यसैगरी सदस्यहरूमा वीरेन्द्रप्रसाद मुराऊ, मोहनलाल यादव, मोती धोवी, पूजा थापामगर, जैकाव यादव, अमृता आचार्य, फत्तेकुमारी जैशी, धनीराम यादव र दाताराम पौडेल रहेका छन् ।
नवनिर्वाचित समिति सदस्यहरूलाई सञ्जालका अध्यक्ष शेषकान्त शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए भने खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना व्यक्त गरेकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्